No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपालमा शाहवंशीय राजसंस्था किन ?

  • 3
  •  
  •  
  •  
  •  
    3
    Shares

नेपाल अनेकतामा एकता, जातिय विविधता, भौगोलिक, अखण्डता, धार्मिक सास्कृतिक, क्षेत्रिय सुरक्षाका खातिर नेपालमा राजसंस्था आवश्यक भएर स्वतन्त्र नागरिक समाजले कुनै पनि बालहट , पूर्वाग्रह नदेखाइ २१ औ शताब्दीको अनुकुल राजा सहितको प्रजातन्त्र एक विकल्प हो भन्ने ठम्याइ हो ।
तपाईंहरुको संगठनमा विभिन्न विचारधाराका मानिसहरु देखिन्छन नि ?
हामीले सबै विचारलाई सम्मान गर्दै जस्तै बामपन्थि विचारधाराबाट पत्रकारिता गरेका वरिष्ठ पत्रकार प्रेम कैदी, वहा भनेको पत्रकार मात्रै होइनन् , वरिष्ठ राजनितिज्ञ पनि हुन । वहा कल्याल शाही राजाका सन्तान र देश तथा बुजेका कर्णालकिा मुद्दा तथा बामपन्थि आन्दोलनका अगुवा हुन तर आफु बामपन्थि विचारधाराका भए पनि राष्ट्यि धरेहरका रुपमा मुलुकलाइ अक्षुण राख्नका लागी देशमा हिन्दु अधिराज्य शाहवंशिय राजसंस्था त्यसको संरक्षक हुनुपर्छ भन्ने हिसाबले लागी रहनु भएको छ । त्यसै गरि तत्कालीन माओवादीबा डा. केवी रोकाय पनि नेपाल देशको पहिचान , नेपाली सेना हिन्दू अधिराज्य र शाहवंशीय राजसंस्था आजको आवश्यकता भनेर नागरिक आन्दोलनमा सहभागी हुनु भएको छ ।
अहिलेको व्यवस्था संघिय गणतन्त्र उपयुक्त छैन त ?
हाम्रो जस्तो देशमा संघीयताको आवश्यकता छैन । हाम्रो जस्तो मुलुकलाई पुर्ण विकेन्द्रिकरण सहितकोे स्वायत्त अधिकार भए पुग्छ । हाम्रो आर्थिक अवस्था तथा जनसंख्या , भूगोलको हिसाब र क्षेत्रीय सुरक्षाका खातिर पनि संघीय गणतन्त्र उपयुक्त देखिदैन । जुन हिसाबको पाँच विकास क्षेत्र त्यसलाई नै व्यवस्थित तरिकाबाट कृषि, उद्योग, जल, जमिन, जडिबुटी, शिक्षा , स्वास्थ्य , खानेपानी, सिचाई जस्ता आधारभूत आवश्यकतालाई सर्वसुलभ बनाउँदा देशमा उत्पादनलाई जोड दिने र जनताले उत्पादन गरेका बस्तुलाई बजारसम्म राज्यले पुर्याउने तथा बिक्री वितरण गर्ने र किसानहरुप्रति राज्य जवाफदेही हुने आजको आवश्यकता हो । हामीले हाम्रो धर्म , संस्कृति , रितीरिवाजलाई पनि बचाइ राख्नका लागी पनि आधुनिकता र परमपरालाइ सँगसँगै लैजाँदा मात्र देशको पहिचान र उन्नति हुन्छ भन्ने स्वतन्त्र नागरिक समाजको बुझाइ हो ।
क्षेत्रीय सुरक्षा के हो ?
एशियामा अहिलेको उदयीमान शक्ति राष्ट्र चीन, भारतलगायतका एशियन मुलुकहरुको पछिल्लो विकासक्रमले २१ औ शताब्दीको युग भनेको विश्वमा एशियाको विकासलाइ बुझिन्छ । जस्तै चीन र भारतको बीचमा रहेको नेपालमा स्थिरता , शान्ति सुरक्षा मजबुत बन्नुपर्ने अवस्था देखिन्छ र देशमा स्थायी शक्ति भनेको नै राजसंस्था थियो । आज त्यो शक्ति नहुँदा हामी परराष्ट्र नीतिमा छिमेकीहरुलाई सन्तुलन कायम गरेर अघि बढ्नका लागी अहिले असक्षम भएजस्तो देखिन्छ । नेपालको अस्थिरताले दक्षिण एशियामा नै ठूलो असर पारिरहेको हुँदा छिमेकीहरुको सन्तुलनका लागी पनि हिन्दू अधिराज्य नेपालको पहिचान र स्थिरताको लागी शाहवंशीय राजसंस्था पुनः स्थापना हुन आवश्यक छ ।
हेम विक्रम सिलवाल
सयोजक : स्वतन्त्र नागरिक समाज
पाटन ढोका , पिपलबोट डट कम , ललितपुर

Comments
Loading...