No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चार बूँदे शर्त नमाने समातेका व्यवसायीलाई ६ महिना जेल हाल्न गृहमन्त्रीको निर्देशन

  •  
  •  
  •  
  •  
  •  

काठमाडाैं, २३ वैशाख । सरकारले सिण्डिकेटको पक्षमा लागेर पक्राउ परेका करिब ९३ जना व्यवसायीलाई रिहा हुनका लागि चार बुँदे शर्त अघि सारेको छ ।

आइतार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई कडा निर्देशन दिँदै चार बुँदे कागजमा सही गर्न तयार व्यवसायीलाई मात्रै रिहा गर्न भनेका हुन् ।

गृहमन्त्री थापाले प्रजिअलाई दिएको निर्देशन अनुसार सिन्डिकेट नमान्नेसहितका चारवटा बुँदासहितको कागजमा सही नगर्ने व्यवसायीमाथि प्रशासनले मुद्दा अघि बढाउने भएको छ।

गृहमन्त्रीले प्रजिअहरुलाई दिएको निर्देशनमा यातायात व्यवसायीलाई सरकाले अघि सारेका चार बुँदामा सहमति हुनै पर्ने भनिएको छ ।

जस अनुसार सिन्डिकेट मान्दिनँ, कम्पनी दर्ता गर्छु, सवारी साधन चलाउँछु र सरकारलाई सहयोग गर्छु भन्ने उल्लेख गरिएको कागजमा पक्राउ परेका व्यवसायीले हस्ताक्षर गर्नुपर्नेछ । यदि त्यो कागजमा हस्‍ताक्षर नगरेमा व्यवसायीहरुले कम्तिमा पनि ६ महिनाका लागि जेल जानुपर्नेछ ।

सरकारले शुक्रबार र शनिबार गरी दुई दिन राष्ट्रिय यातायात व्यवसायी महासं‌घका अध्यक्ष योगेन्द्र कर्मचार्य र महासचिव सरोज सिटौलासहित ९३ जना यातायात व्यवसायी र समितिका पदाधिकारीलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका उनीहरुविरुद्ध सरकारले अत्यावश्यक सेवा ऐन २०१४ अनुसार मुद्दा चलाउने तयारी गरेको छ । यदि पक्राउ परेका व्यवसायीमाथि मुद्दा दर्ता भएमा एक वर्षसम्म जेल र एक हजार रुपैँया जरिवाना तिर्नुपर्ने प्रावधान छ।

Comments
Loading...