No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

स्वास्थ्य सामग्री ल्याउन निजी क्षेत्रलाई सरकारले हवाई सुविधासमेत उपलब्ध गराउने

१४ दिन क्वारेन्टाइनमा बस्ने शर्तमा सीमामा रोकिएका नेपालीलाई घर जान दिइने

  • 1
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । सरकारले नेपाल प्रवेशका लागि नेपाल भारत सीमामा आएर रोकिएका नेपाली नागरिकहरुलाई अन्तिम पटकका लागि आज एक दिन नेपाल प्रवेश गर्न दिने भएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले क्वारेन्टाइनमा बस्ने शर्तमा उनीहरुलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको हो ।

अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सप्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरी १४ दिन क्वारेन्टाइनमा बस्ने शर्तमा उनीहरुलाई घर जान दिने व्यवस्था गरेको जानकारी दिनुभयो । बैठकले सरकारले जारी गरेको लक डाउनका लागि नागरिक स्तरबाट पालना भएको र छिटफुट रुपमा अवज्ञा भएपनि थप कडाइ गर्ने अवस्था नभएको बताए ।

त्यसैगरी बैठकले कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रण सम्बन्धमा कुनैपनि संघसंस्थालाई कोष खडा गर्न नदिने निर्णय गरेको छ । मन्त्री खतिवडाले कुनैपनि संघसंस्थाले कोष खडा गरेको भएपनि आफ्ना कर्मचारीबाट मात्रै रकम जम्मा गर्न पाउने र त्यो रकम प्रत्येक हप्ता सरकारले बनाएको कोषमा जम्मा गर्नुपर्ने बताउनुभयो । बैठकले स्वास्थ्य सामग्री तथा किट ल्याउनका लागि निजी क्षेत्रसँग समन्वयन गर्ने निर्णय समेत गरेको छ ।

सरकारले मेडिकल सामग्री र किटहरु चीन र भारत दुवै मुलुकबाट ल्याउन परराष्ट्र मन्त्रालयले परामर्श गरिरहेको मन्त्री खतिवडाले बताउनुभयो । त्यसबाहेक निजी क्षेत्रले कतैबाट स्वास्थ्य सामग्री र किटहरु निश्चित दिनभित्र ल्याउन सक्ने भए सरकारले यातायातको सुविधा एवं हवाई सुविधा उपलब्ध गराउने निर्णय भएको समेत खतिवडाले जानकारी दिनुभयो ।

कोरोना संक्रमणको लक्षण देखिएमा धुलिखेल अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान, वीर अस्पतालमा तत्कालै यन्त्र उपकरण जडान गर्ने र प्रदेश स्तरमै प्रयोगशाला स्थापना नहुँदा सम्म छिटो यातायातको व्यवस्था गरेर टेकुस्थत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याउने व्यवस्था गर्ने निर्णय बैठकले गरेको छ ।

Comments
Loading...