No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नारायण अस्त्रको समयावधि सकिएर निष्क्रिय भएझैं कोरोना भाइरस पनि समयावधि पूरा गरेपछि शान्त हुनेछ

  • 2
  •  
  •  
  •  
  •  
    2
    Shares

जीवा लामिछाने ।

महाभारतमा एक रोचक प्रसंग छ ।

पिता द्रोणाचार्यलाई छल गरेर पाण्डवहरुले मारेपछी अश्वत्थामा अत्यन्त क्रोधित भए । उनले पाण्डव सेना माथि अति भयानक हतियार ‘नारायण अस्त्र” प्रहार गर्ने निर्णय गरे । यस्तो अस्त्र भगवान बिष्णु, श्रीकृष्ण, श्रीराम, गुरु द्रोणाचार्य र उनका छोरा अश्वत्थामासंग मात्रै थियो । यो यस्तो अस्त्र थियो जसको युद्ध मैदानमा कुनै प्रतिकार हुन सक्दैनथ्यो । यो अस्त्र प्रहार भए पछी युद्धमा हतियार सहित प्रस्तुत प्रतिपक्षको हरेक योद्दा अग्नि बर्षा भएर त्यहीं भष्म हुन्थ्यो । हातमा हतियार नहुनेलाई भने यसले छुदैनथ्यो ।

भगवान् श्री कृष्णले यो कुरा थाहा पाएर पाण्डव पक्षका सम्पूर्ण सेनाहरुलाई आफ्ना सबै अस्त्र-शस्त्र जमिनमा फालेर प्रार्थनारत रहन निर्देशन दिए । पाण्डव सेना हात-हतियार छोडेर चुपचाप प्रार्थनामा जुट्यो !

अश्वत्थामाले ‘नारायण अस्त्र’ छोडे तर त्यसले भस्म पार्ने प्रतिपक्षको युद्दरत एक सैनिक पनि फेला पार्न सकेन । छाडिएको नारायण अस्त्रको समय सकिएपछी यो निष्क्रिय भयो र युद्द मैदान शान्त देखियो । यसरी पाण्डव सेना ‘नारायण अस्त्र’ प्रहारको बिनासबाट बच्यो ।

यो त भयो एक पौराणिक कथा ।

मानौं, प्रकृति अहिले मानव जातिसंग रिसाएकी छन् । अहिले फैलिएको महामारीलाई प्रकृतिले मानव जाति माथि छोडेको ‘नारायण अस्त्र’ भन्ने अनुमान गरौँ । प्रकृतिको यस प्रकोपबाट बच्नकालागि पाण्डव सेना हात हतियार फ्याकेर युद्द मैदानमा शान्त बसे झैं हामी पनि शान्तिपूर्वक अहिले घरमै बसौं । नारायण अस्त्रको समयावधि सकिएर निष्क्रिय भए झैं कोरोना भाइरस पनि आफ्नो समयावधि पूरा गरे पछी शान्त हुनेछ ! त्यसैले Please calm down, keep physical distancing and stay at home !

Comments
Loading...