No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कम्तीमा वीर शमशेर जतिको मात्र पनि वर्तमान शासकहरुको बुद्दि आइदेओस्

  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

स्वागत नेपाल ।

राणा प्रधानमन्त्री वीर शमशेरको सम्झना र सेनिटाइजर, किट र प्रोटेक्टिभ एप्रोन उत्पादन अनुमतिमा कशिशनको खेल…….

वर्तमान कुशासकहरु कम्तीमा तत्कालीन निरंकुश भनिएका राणा प्रधानमन्त्री वीर शमशेर जतिको मात्रै बुद्धिमानी भइदिएको भए पनि अहिले नेपालमा सेनिटाइजर, किट र प्रोटेक्टिभ एप्रोनको अभाव हुने थिएन भन्नेमा म ढुक्क छु ।

सरकारले निजी अस्पतालहरुलाई कोरोनाका सम्भावित संक्रमितहरुलाई उपचार नगरे कारवाही गर्नेसम्मको चेतावनी दिएको तर निजी मात्र होइन सरकारी अस्पतालहरुले पनि आफूहरुसँग किट, प्रोटेक्टिभ एप्रोन र सेनिटाइजर समेत नभएको कारण उपचार गर्न नसक्ने बताएका समाचारहरु सार्वजनिक भए ।

यो सबै कुराको दोष नेपालका हालसम्म सरकार बनाउने सबै पार्टीहरुको हो । यतिबेला दोष केलाउने समय त होइन । तर, तत्कालै गर्न सकिने काम किन भएन ? त्यो गरिहाल्नुपर्छ भनेर सुझाव हुनेगरी तथ्य केलाउनु दोष देखाउनु होइन; समाधान पर्गेल्नु हो ।

केही समयअघिसम्म नेपालमै उत्पादन गर्न अनुमति नदिए पनि विदेशबाट खरिद गरेर ल्याउन पूर्वाञ्चलको विएनसि लगायत केही, हिमालयन डिस्टिलरी समेतले अनुमति माग्दा पनि सरकारले नै त्यस्तो अनुमति नदिएको पक्का हो ।

निक्कै लामो समयदेखि नेपाली औषधी कम्पनीहरुले नेपालमै सेनिटाइजर, त्यस्ता किट र प्रोटेक्टिभ एप्रोन उत्पादन गर्न सरकारसँग अनुमति माग्दै आएकोमा कमिशन नपाउने भएपछि अनुमति दिइएको थिएन र ती कुनै पनि सरकारले आफैँ उत्पादन गर्ने नीति पनि लिएनन् । केही समयअघिसम्म नेपालमै उत्पादन गर्न अनुमति नदिए पनि विदेशबाट खरिद गरेर ल्याउन पूर्वाञ्चलको विएनसि लगायत केही, हिमालयन डिस्टिलरी समेतले अनुमति माग्दा पनि सरकारले नै त्यस्तो अनुमति नदिएको पक्का हो । म आफैँ कानुनी सल्लाहकार रहेका केही कम्पनीहरुले मसँग के गर्ने होला भनेर सुझाव पनि मागेका थिए । कतिले कमिशन मागेको कारणले काम गर्न सकिनँ भनेर खुलासा गर्दा उल्टै फौजदारी अभियोगमा कारवाही शुरु भएको पनि धेरैलाई थाहै छ । उत्पादन पनि गर्न नदिने कमिशनका कारण किन्न पनि नदिने अनि तत्कालै उपचार नगरे कारवाही गर्छु पनि भन्ने । नेपालमा सही उद्यमीहरुलाई कमिशनखोरहरुका कारण साह्रै गाह्रो छ काम गर्न ।

अब यसै वीचचाहिँ के गर्न सकिन्छ भन्ने तर्फ हेरौं नेपालमै पाइने इथानोल अल्कोहल प्रयोग गरेर उत्कृष्ट सेनिटाइजर उत्पादन गर्न सकिन्छ । यसका लागि झण्डै डेढ दर्जन जति औषधी उत्पादन कम्पनीले सरकारसँग अनुमति मागेको माग्यै छन् । अघि नै उल्लेख गरेँ कि कतिपयको म आफैँ सल्लाहकार पनि छु । भित्री कुरा पनि बुझेको छु । सरकारले अनुमति दिएको छैन । कारण कमिशनको खेल नै हो । त्यसैगरी धेरै मात्रामा मदिरा उत्पादन कम्पनीले पनि सेनिटाइजर उत्पादन गर्न सक्छन् । उनीहरुसँग त्यसका लागि चाहिने पदार्थहरुको पूर्ववत् भण्डारण पनि हुन्छ । धेरै कच्चा पदार्थ उही रुपमा प्रयोग पनि हुन्छन् । तर, त्यसका लागि पनि अनुमति दिइएन् । अनुमति केवल रक्सी उत्पादनमा चाहिँ दिइन्छ । यसमा अर्कै खेल हुन्छ ।

अब हेरौ अर्को पक्ष यूरोप/अमेरिकामा अहिले डिस्टीलरी कम्पनीहरुले सेनिटाइजर उत्पादन शुरु गरेका छन्। त्यहाँका सरकारले पनि त्यस्ता मदिरा उत्पादक कम्पनीहरुलाई सेनिटाइजर उत्पादन गर्न आफैँ अनुरोध गरे, सरकाका तर्फबाट आदेश दिइएको होइन कि अनुरोध नै गरिएको थियो । ती मदिरा उत्पादक कम्पनीले पनि सरकारको अनुरोधलाई मानेर तत्कालै नियमित औषधी उत्पादनका काममा जनशक्ति कम गरेर सेनिटाइजर उत्पादनतर्फ लागे । नेपालमा सरकारले अनुरोध गर्नु त कता हो कता उत्पादन गर्छु भनेर लामो समयदेखि अनुमति माग्दा समेत कमिशनका कारण अनुमति समेत नदिने स्थितिको साक्षी हुनुपर्दा सबै नेपालीलाई रुन मन लाग्दैन र ?

नेपालमा पनि अनुमति मागिरहेकाहरुलाई अनुमति दिने र तत्कालै स्पिरिट उत्पादन गर्ने डिस्टीलरी कम्पनीहरुलाई समेत बोलाएर आफैँले अनुरोध गरेर काम अघी बढाउन के ले रोकेको छ ? कि यिनहरु यस्तो बिनाकामको समयमा पनि केही गर्न भ्याउँदैनन् ? कि मन्त्रीहरु क्वारेन्टाइनमै पप्लु खेलेर मस्त हुँदै अन्य कमिशन आउने हिसाब किताब जोडेर बसिरहेका होलान् ?

विना कुनै अनुभव, ज्ञान, अध्ययन केवल कुरा काट्न मात्र सिपालु भएको भरमा चाटुकार सल्लाहकार बनेका चौवन्नी कार्यकर्ताहरुबाट यस्तो सल्लाह सरकारका लागि उपलब्ध होला भन्ने पनि लाग्दैन

तिनका सल्लाहकार भनाउँदाहरु पनि दैनिक मन्त्रीलाई भेट्न आउनेहरुलाई भेट्न दिए वापतको आम्दानी घट्यो भनेर दुःखी बनेर बसेका होलान् ! यस्ता उपायको बारेमा त के थाहा हुन्छ र ! विना कुनै अनुभव, ज्ञान, अध्ययन केवल कुरा काट्न मात्र सिपालु भएको भरमा चाटुकार सल्लाहकार बनेका चौवन्नी कार्यकर्ताहरुबाट यस्तो सल्लाह सरकारका लागि उपलब्ध होला भन्ने पनि लाग्दैन । सामाजिक रुपमा मिडियामा बोल्ने, लेख्ने “अनवान्टेटड एडभाइजर” हरुलाई उल्टो अफवाह फैलाएको भनेर थुन्न बेर छैन फेरि ।

सरकारको उद्योग मन्त्रालयको पनि सक्रियता द्रूत रुपमा हुने हो भने अनुमतिका लागि प्रस्ताव गरेका कम्पनीहरुले आफ्ना सम्पूर्ण परियोजना फेहरिस्त नै सरकारलाई लाइन मिनिस्ट्रिमार्फत बुझाइ सकेका छन् । उनीहरुले तत्कालै उत्पादन शुरु गरिहाल्न सक्ने अवस्था पनि छँदैछ । यो कामको बारेमा बढीमा तीन घण्टामा निर्णय लिन सकिन्छ । तर, सरकार र जनप्रतिनिधको रुपमा सल्लाहकारको रुपमा सबै भातमाराहरु छन् त कसको के लाग्छ ? अनि निजी अस्पताल, स्वास्थ्यकर्मी र पूरै निजी क्षेत्रलाई मात्र गाली गरेर हुन्छ ?

तर जब वीर शम्शेरकै श्रीमति नै सुत्केरी व्यथाले मर्ने अवस्था आयो अनि मात्र ओहो अस्पताल त चाहिने रहेछ भन्ने ठानेर त्यसबेला मात्र वीर अस्पतालको आफ्नै नाममा वीर शम्शेरले उद्घाटन गरेका थिए

अन्त्यमा यति चाहिँ विश्वास लिन्छु कि कम्तीमा वीर शमशेर जतिको मात्र पनि बर्तमानका शासकहरुको बुद्धि आइदेओस् । वीर शम्शेर लगायत राणाहरुले सर्वसाधारणका लागि शूल भएर मर्ने सुत्केरी भएर मर्ने महिलाहरुका लागि पनि अस्पताल चाहियो भनेर माग गर्नेलाई पनि कारवाही गर्ने गरेका थिए तर जब वीर शम्शेरकै श्रीमति नै सुत्केरी व्यथाले मर्ने अवस्था आयो अनि मात्र ओहो अस्पताल त चाहिने रहेछ भन्ने ठानेर त्यसबेला मात्र वीर अस्पतालको आफ्नै नाममा वीर शम्शेरले उद्घाटन गरेका थिए । त्यसैगरी कदाचित त्यस्तो त नहोस् तर जनता भटाभट मर्नै थालेपछि मात्र उद्यमीहरुले स्यानिटाइजर उत्पादन गर्न मागेको अनुमति कमिशन थोरै खाएर भए पनि दिने हुन् कि यी बर्तमान्का कुशासकहरुले ?

Comments
Loading...