No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

के पिपीई सबै स्वास्थ्यकर्मीलाई आवश्यक छ ?

  • 2
  •  
  •  
  •  
  •  
    2
    Shares

– PPE खास गरेर त्यस्ता स्वास्थ्यकर्मीलाई चाहिन्छ, जसले कोरोना संक्रमण निदान भएका बिरामीलाई उपचार गर्दछन | आइसोलेसन वार्डमा ड्युटी पर्ने सबैलाई PPE अनिबार्य चाहिन्छ | १ जनाको लागि न्युनतम ३ सेट PPE आवश्यक पर्दछ | हरेक पल्ट बाथरुम जाँदा वा ड्युटी बाहिर जाँदा PPE फुकाल्नुपर्छ अनि निस्संक्रमण गरेर मात्र प्रयोग गर्नुपर्दछ |

PPE लगाउन निकै गाह्रो हुन्छ | पुरै शरीरलाई एयर टाइट गर्ने भएकोले बानी नपर्दै वा एयर कन्डिसन नभएको ठाउँमा PPE लगाउनु सजायं बराबर हुन्छ | खलखली पसिना आउँछन् , झुक्किएर पनि कतै हावा लिक गराएमा संक्रमण आफैलाई सर्दछ |

अहिले PPE बनाउने भन्दै जो पायो त्यहि व्यक्तिले रेनकोट बनाउने कपडा सिलाएको सुनिएको छ | त्यस्तो PPE लगाउँदा झन् बढी खतरा हुन्छ | भाइरस नछिर्ने आकारको प्वाल पारेर सिलाउने प्रबिधि यहाँका कपडा सिलाउने व्यक्तिहरुसंग छैन | त्यस्तै सिलाएपछि केमिकलको प्रयोग गरेर ती प्वाल समेत टाल्नुपर्ने हुन्छ | गाइडलाइन बिना यस्तो संबेदनशील उपकरण ( यो कपडा हैन ) बनाउन निरुत्साहित गर्नुपर्छ | PPE ब्रान्डेड किन्नुपर्छ र PPE बनाइरहेका बिदेशी उद्योगबाट किन्नुपर्छ |

– OPD मा बिरामी हेर्ने व्यक्तिले वा जिल्लामा बिरामी हेर्ने स्वास्थ्यकर्मीको लागि गुणस्तरीय मास्क, भाइजर अथवा एयर टाइट हुने चस्मा तथा गुणस्तरीय पंजाको ब्यबस्था गर्नुपर्छ | उहाँहरुको लागि हरियो एप्रोन सिलाउने कपडाको क्याप, माथि र तल लगाउने गाउन तथा मोजा र चप्पलको ब्यबस्था गर्नु पर्याप्त हुन्छ | यो स्थानीय रुपमा सिलाउन पनि सकिन्छ | यो सेट प्रति व्यक्ति २-३ वटा भयो धुने / सुकाउने / लगाउने गर्दा कुर्नु पर्दैन |

– बिरामी जाँच्ने काम बाहेकका सहयोगीलाई न्युनतम रुपमा मास्क र पंजा चाहिन्छ |
– हरेक स्वास्थ्य केन्द्रमा साबुनपानी, ह्याण्ड स्यानिटाइजर्, स्प्रिट कपास, भुइँ सफा गर्ने केमिकल अनिबार्य रुपमा उपलब्ध गराउनु पर्दछ |
PPE विश्वका हरेक देशलाई अपुग छ | तसर्थ अत्यावश्यक चिकित्सक, नर्स तथा ल्याबमा काम गर्ने जनशक्तिलाई उपलब्ध गराएपछि मात्र अरुलाई प्राथमिकतापूर्वक वितरण गर्नुपर्दछ | सोर्स फोर्स र तोक आदेशको चलन आयो भने त्यो दुर्भाग्य हुनेछ |

– डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
प्रकाशित: १३ चैत्र २०७६, बिहीबार ११:४९
Comments
Loading...