No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

औषधि व्यवसायीद्वारा सुरक्षाकर्मीलाई मास्क र ग्लोभ्स प्रदान

  • 74
  •  
  •  
  •  
  •  
    74
    Shares

काठमाडौं । सरकारले देशलाई नै लकडाउन घोषणा गरेपछि प्रायः मानिस घरभित्रै रहेका बेला औषधि व्यवसायीहरु भने काममा जुटेका छन् । अस्पतालहरुमा औषधि र औषधिजन्य वस्तुको माग बढी हुने भएकाले उनीहरु काममा जुटेका हुन् । यसैबीच नेपाल औषधि थोक व्यवसायी संघका केन्द्रीय सचिव माधव अधिकारीले सडकमा खटिएका सुरक्षाकर्मीलाई मास्क, ग्लोभ्स वितरण गर्नुभएको छ ।

सडकमा सुरक्षाकर्मी विना मास्क र ग्लोभ्स खटिएपछि उहाँले मास्क र ग्लोभ्स निःशुल्क वितरण गर्नुभएको हो । उहाँले महाराजगंज, दरबारमार्ग, लाजिम्पाट, चाबहिल, गौशाला, सुकेधारा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी, नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई एक हजार थान मास्क, र एक हजार थान ग्लोभ्स प्रदान गर्नुभएको छ । उहाँले लकडाउनका कारण दैनिक ज्यालादारी गर्नेलाई राज्यले नहेरेको खण्डमा आफूहरुले खाना खुवाउने योजना बनाएको जानकारी दिनुभयो ।

Comments
Loading...