No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कोरोना उपचारका लागि विएण्डसी अस्पताल सरकारलाई दिन तयार रहेको निर्देशक प्रसाईको घोषणा

  • 58
  •  
  •  
  •  
  •  
    58
    Shares

उज्यालो नेपाल ।
झापा । झापाको विर्तामोडस्थित विएण्डसी अस्पतालले कोभिड १९ संक्रमणको उपचारका लागि आफ्नो अस्पताल, भैतिक पूर्वाधार तथा सवस्थय सामाग्री र जनशक्ति शतप्रतिशत सरकारका लागि उपलव्ध गराउने घोषणा गरेको छ । कोरोना विरुद्ध सरकारलाई नीजि क्षेत्रको साथ र समर्थन दिनहुँ बढ्दै जान थालेको छ ।

यसै क्रममा विएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले वर्तमान संकट र सम्भावित महामारीको अवस्थालाई मध्यनजर गरी जनताको स्वास्थ्योपचारमा योगदान गर्न आफूले अस्पताललाई सरकारले चाहे कोरोना विशेष डेडिकेटेड अस्पताल बनाउन दिन तयार रहेको बताउनु भएको छ ।
आफ्नो अस्पताललाई सरकारले चाहेकै बेला कोरोना विशेष उपचारका लागि डेडिकेटेड अस्पताल बनाउन सक्ने घोषणा गर्दै कार्यकारी निर्देशक प्रसाईले संकटको यस घडीमा सरकारका हरेक कदममा विएण्डसी अस्पतालले सारथी र सहयोगी बनेर सघाउने प्रतिवद्धता पनि जनाउनु भएको छ ।

सरकारको बाध्यकारी नीतिका कराण कोरोना प्रतिरोधी किट र मास्क तथा अन्य मेडिकल सामाग्री आफूहरुले खरी गरी आफ्नै पहलमा जनतालाई कोरोना चेकजाँच र रोकथामको अन्य सेवा उपलव्ध गराउन नसकेको स्पष्ट पार्दै निर्देशक प्रसाईले नीजि अस्पतालहरुले आफ्नो खर्चमा कोरोना रोकथाम र नियन्त्रणका लागि मेडिकल सामना खरी गर्न पाउने व्यवस्था हुनेपर्ने माग पनि गर्नु भएको छ । साथै सरकारले तत्कालै आफ्नो अस्पताल मार्फत जनतालाई सेवा दिन सक्ने स्पष्ट पनि पार्नु भएको छ ।

आठ सय साधारण शय्या, एक सय सघन उपचार कक्ष र २५ भेन्टिलेटरसहितको सघन उपचार कक्ष रहेको हस्पिटलमा १०५ चिकित्सक छन् ।

प्रसाईँले अस्पतालको मेचीनगर–१२ स्थित धाइजनमा बेसिक साइन्स पढाउनका लागि तयार गरिएको भवनमा समेत ५०० शय्याको क्वारेन्टाइन बनाउन सकिने बताउनुभयो ।

झापा, इलाम, पाँचथर र ताप्लेजुङका २५ लाखभन्दा बढी मानिसले उपचार सेवा लिन सक्ने हस्पिटलमा कोराना भाइरसको उपचार गरिनुपर्ने स्थानीयवासीले सामाजिक सञ्जालमार्फत माग गर्दै आएका थिए ।
हेनुहोस, कार्यकाराी निर्देशक प्रसाईको प्रतिवद्धतापूर्ण विज्ञप्ती जस्ताको त्यस्तैः

Comments
Loading...