No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कोभिड-१९ को संकटमा सरकार र जनताका असल स्वास्थ्य सारथी, विएण्डसीका प्रसाईं र नोवलका शर्मा

  • 21
  •  
  •  
  •  
  •  
    21
    Shares

उज्यालो नेपाल ।
कोरोना भाईरसको संक्रमणले सारा संसारको सातो लिइरहेको र नेपालमा पनि त्यसको प्रभाव देखिदै गरेका बेला संकटमा छ सरकार, भय र त्रासले लकडाउनमा छन्, जनता । अनि संसारकै मानवाजातिका लागि साझा शत्रु बनेको कोभिड १९ विरुद्ध सरकारको साथमा उभिनु भएको छ, पूर्वाञ्चलको झापाबाट स्वास्थ्य उद्यमी दुर्गा प्रसाईं ।

कोभिड १९ विरुद्ध जनताको सहज स्वास्थ्य उपचारका लागि विएण्डसी अस्पताल सम्पूर्ण रुपले सरकारलाई नै दिन तयार रहेको घोषणा गर्नु भयो, विएण्डसी अस्पतालका निर्देशक प्रसाईंले । जनताको अप्ठ्यारो, सरकारको संकटमा सरकार र जनताको पक्षमा एकैपट्क आफ्नो अस्पताल गिफ्ट दिन तयार देखिनु भयो दुर्गा प्रसाईं, जसले राज्यमा डक्टर र स्वास्थ्यकर्मी उत्पादन गर्ने मेडिकल कलेज झापामा नै चलाउँछु भन्दा सरकारबाट अनुमति पाईरहनु भएको छैन, बिगत ६ वर्षदेखि ।

तै पनि पूर्वाञ्चलको झापाबाट संचालित विएण्डसी अस्पतालका निर्देशक प्रसाईंले कोभिड १९ संक्रमणको उपचारका लागि आफ्नो अस्पताल, भैतिक पूर्वाधार तथा स्वास्थ्य सामग्री र जनशक्ति शतप्रतिशत सरकारका लागि उपलव्ध गराउने घोषणा गरेर जनता र सरकारको सारथी बन्ने तत्परता, उदारता देखाउनु भयो, आपतबिपत र संकटको बेलामा । कोभिड १९ को कहरका बीच जनताको उपचारका लागि आफ्नो अस्पताल नै सरकारलाई दिन तयारझापाका स्वास्थ्य उद्यमी प्रसाईको बिएण्डसी टिचिङ हस्पिटल निजी क्षेत्रको पहिलो अस्पताल हो जसले कोडिभ–१९ को उपचारका लागि राज्यलाई दिन तयार देखियो ।

सञ्चालक दुर्गा प्रसाईंले शुक्रवार विज्ञप्ति जारी गरी अस्पतालसँग कोभिड–१९ जाँचका लागि स्वास्थ्यकर्मीलाई चाहिने आवश्यक पोशाक, पिपिई र किट्स नभएको बताउँदै सरकारी सरह राज्यले खर्च व्यहोरेर सञ्चालन गरे आफू दिन तयार रहेको बताउनुभएको हो । आठ सय साधारण श्यया, एक सय सघन उपचार कक्ष र २५ भेन्टिलेटरसहितको सघन उपचार कक्ष रहेको विएण्डसी हस्पिटलमा १०५ चिकित्सक छन् ।

निर्देशक प्रसाईंले विज्ञप्तिमार्फत भन्नु भन्नुभएको छ ,‘सरकारले मात्र उपलब्ध गराउने सक्ने किट्स र जाँच उपचारका लागि प्रयोग हुने सुरक्षित उपकरणहरु, पिपिई सेट उपलब्ध नभएका कारण हामी यो उपचार गर्न र परीक्षण गर्न सकिरहेका छैनौंँ, सरकारले यो विषम परिस्थितिमा कोरानाको उपचार र परीक्षणका लागि यो हस्पिटल उपयोग गर्न चाहन्छ भने हामी दिन तयार छौं ।’

प्रसाईँले अस्पतालको मेचीनगर–१२ स्थित धाइजनमा बेसिक साइन्स पढाउनका लागि तयार गरिएको भवनमा समेत ५०० शय्याको क्वारेन्टाइन बनाउन सकिने बताउनुभयो । झापा, इलाम, पाँचथर र ताप्लेजुङका २५ लाखभन्दा बढी मानिसले उपचार सेवा लिन सक्ने हस्पिटलमा कोराना भाइरसको उपचार गरिनुपर्ने स्थानीयवासीले सामाजिक सञ्जालमार्फत माग गर्दै आएका थिए ।

हो, यसरी कोरोना विरुद्ध सरकारलाई निजी क्षेत्रको साथ र समर्थन दिनहुँ बढ्दै जान थालेको छ । यसै क्रममा विएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले वर्तमान संकट र सम्भावित महामारीको अवस्थालाई मध्यनजर गरी जनताको स्वास्थ्योपचारमा योगदान गर्न आफूले अस्पताललाई सरकारले चाहे कोरोना विशेष डेडिकेटेड अस्पताल बनाउन दिन तयार रहेको बताउनु भएको छ ।

आफ्नो अस्पताललाई सरकारले चाहेकै बेला कोरोना विशेष उपचारका लागि डेडिकेटेड अस्पताल बनाउन सक्ने घोषणा गर्दै कार्यकारी निर्देशक प्रसाईले संकटको यस घडीमा सरकारका हरेक कदममा विएण्डसी अस्पतालले सारथी र सहयोगी बनेर सघाउने प्रतिवद्धता पनि जनाउनु भएको छ ।पूर्वाञ्चलको धेरै शैया बेड र भेन्टिलेटर तथा अन्य उपकरण आधुनिक र शसक्त जनशक्ति भएको अस्पतालका झापाको विएण्डसी अस्पताल पर्दछ ।
हेर्नुस् कार्यकारी निर्देशक प्रसाईको प्रतिवद्धतापूर्ण विज्ञप्ती जस्ताको त्यस्तैः

यस्तै झिल्को डट कमका अनुसार विराटनगरबाट अर्का स्वास्थ्य उद्यमी डा. सुनिल शर्माले पनि आफ्नो अस्पताल सरकारलाई उपलव्ध गराउने प्रतिवद्धता लिखित रुपमा नै अघि बढाउनु भएको छ । नोवल मेडिकल कलेजलाई सरकारले कोभिड १९ विरुद्धको उपचार गर्ने विशेष अस्पताल बनाउने सार्वजनिक प्रतिवद्धता जनाउनु भएको छ ।
सुनील शर्माबाट अरुले पनि सिक्लान ?

यसरी हेर्दा सरकारको संकटका सारथीका रुपमा निजी मेडिकल अस्पतालका संचालक मध्ये दुर्गा प्रसाईं र सुनिल शर्मा नै सरकार र जनताका लागि संकटका सारथी बन्नु भएको छ । सामाजिक संजालमा सबै निजी अस्पतालहरु सरकारले संकटका बेला संचालन गर्नुपर्ने माग उठिरहेका बेला स्वास्थ्य उद्यमी प्रसाईं र शर्माको उदार प्रतिवद्धता अनुकरणीय मान्न सकिन्छ ।

जनता रहे बाँचे र सरकारले संकट टार्न सकेमा नै अस्पतला चल्ने हुन र त्यस्ता अस्पताल संकट र महामारीका बेला जनता र सरकारकै लागि समर्पित हुन्छन भन्ने नयाँ उदाहरण स्वास्थय उद्यमीद्वय प्रसाईं र शर्माले पेश गर्नु भएको छ । यस अर्थमा यी दुई पात्र कोभिड १९ विरुद्धका सरकारी सारथी र जनताका वास्तविक हितैषी बनेका छन् भन्दा अतिशयोक्ति हुँदैन नै ।

Comments
Loading...