No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एकै दिन ७६ वटा नमूना परीक्षण

  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं । सरकारले प्रत्येक प्रदेशमा एक हजारका दरले पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट(पिपिई) वितरण गरेको जनाएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले यस्तो जानकारी दिनुभएको हो । चीनबाट आइतबारमात्रै स्वास्थ्य सामाग्री ल्याइएको थियो ।

ल्याइएका सामग्रीहरु सबै प्रदेशमा कम्तीमा हजार सेटको दरले पीपीई, दशहजार माक्स, २० हजार ग्लोभ्स बितरण गरिएको उहाँले बताउनुभयो । धनगढी, सुर्खेत र विराटनगरमा प्लेनबाट पठाइसकेको र अन्य प्रदेशमा गाडीबाट पठाउने क्रम जारी रहेको समेत उहाँले जानकारी दिनुभयो । उहाँले चीनबाट आएका सवै मेशिनहरुको जाँच भईसकेको र काम गर्ने अवस्थामा रहेका बताउनुभयो ।

त्यस्तै उहाँले विदेशबाट आएका ४१ हजार भन्दा बढीको नामावली स्थानीय तहबाट तयार भएर विवरण आएको पनि जानकारी दिनुभयो । प्रवक्ता देवकोटाले बुटवलमा मृत्यु भएका युवकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको बताउनुभयो । अहिलेसम्मको जाँचमा नयाँ कोरोना संक्रमित नदेखिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एकै दिन ७६ वटा कोरोना संक्रमणको नमुना परीक्षण गरिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नमूना परीक्षणको दायरा बढाउँदै सोमबार एकै दिन मात्रै ७६ वटा कोरोना संक्रमणको नमूना परीक्षण गरेको हो । प्रवक्ता देवकोटाले अहिलेसम्म ९ सय ९३ वटा नमूना परीक्षण गरिएको र सोमबार मात्रै ७६ वटाको नमूना परीक्षण भएको जानकारी दिनुभयो । सरकारले प्रयोगशालाको दायरा फराकिलो बनाउँदै लगेको र धरानमा नमुना परीक्षण सुरु भईसकेको र सोमबार सम्म १९ वटा नमुना परीक्षण भईसकेको पनि उहाँले जानकारी दिनुभयो ।

पाटन अस्पतालमा मृत्यु भएका पुरुष र वीर अस्पतालमा मृत्यु भएका एक महिला र एक पुरुषको कोरोना संक्रमणको नमूना परीक्षणको क्रममा रहेको उहाँले बताउनुभयो । अहिले सम्म कोरोना संक्रमण देखिएका ४ वटै पोजेटिभ केसको कन्ट्रयाक्ट ट्रेसिङ गरिएको र उनीहरुका नजिकका परिवारका सदस्य र आफन्तहरुको हालसम्म गरिएको परीक्षण नेगोटिभ आएको पनि मन्त्रालयले जनाएको छ ।

Comments
Loading...