No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गणतन्त्रको कुरा

  • 83
  •  
  •  
  •  
  •  
    83
    Shares

नरेन्द्रराज प्रसाईं ।
नेपाल जोगियोस् भनेर मात्रै मैले राजसंस्था मानेको हो; नत्र म गणतन्त्रवादी हुन्थें । तर के गर्ने मलाई पनि देशको माया लाग्छ र नै मैले राजसंस्था मान्नु परेको हो ।

नेपालमा गणतन्त्र आउनुअघि नरहरि आचार्यले मलाई भन्नुु भएको थियो- ‘तपाईं आफूलाई राजावादी भन्नु हुन्छ तर कामचाहिँ गणतान्त्रिक गर्नु हुन्छ । सबैको कदर गर्ने तपाईंभित्र सीप छ । तपाईंलाई म त बहुदलवादी नै देख्छु ।’

मेरो मनले गणतन्त्र चाहिँ मान्नै सकेन । दक्षिणको छिमेकीले हाम्रा नेता किन्छ भन्ने प्रमाण बहुदलीय व्यवस्थाले दिइसकेकै थियो । झन् राजाविहीन मुलुक भएपछि भारतले एकछत्र अधिकार जमाउँछ भन्ने कुरा मैले त्यसै बेलादेखि नै अड्कल काटिसकेको थिएँ ।

त्यति खेरको मेरो सोच अहिले झन्नै पूरा जस्तै भएको छ र त्यस सोचप्रति मलाई गौरवीबोध हुनु पर्ने हो । तर त्यस सोच उपर मलाई खुसी नै छैन । २०५८ सालतिरै मैले जनराष्ट्रकवि ईश्वरवल्लभलाई भनेको थिएँ- ‘दाजु अब हजुरले ससुराली जाँदा आज जस्तै विदेश जानु पर्दैन ।’

ईश्वरवल्लभ दाइले माथिको यही मेरो भनाइ दोहोर्याएर ‘कान्तिपुर’ दैनिकमा लेख्नु भएथ्यो- ‘नरेन्द्रराज प्रसाईले त्यसो भनिसकेपछि फेरि एकफेरा मुलुकका यावत वर्तमान वातावरण सम्झेँ र सोचेँ, सायद भाइले साँच्चै सम्भावनाकै सन्दर्भ भन्यो कि क्या हो ! अर्थात् दार्जिलिङ छिट्टै विदेश … प्रकारान्तले भाइ नरेन्द्रराज प्रसाईले नै भन्नु भएको जस्तै कुरा हो त्यो ।’

ईश्वरवल्लभ दाइले मेराबारे कान्तिपुरमा मात्रै १५ वटा जति लेख लेख्नु भएछ । ती सबै लेखहरू सहित् सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङको पूर्ण स्वामित्वमा रहेको निर्माण प्रकाशनले ईश्वरवल्लभकृत ‘सीमान्तवर्ती’ नामक ग्रन्थ सन् २०११ मा प्रकाशन गरेको थियो । अनि त्यस ग्रन्थ मार्फत मेरा विचारहरू पनि पाठक सामुन्ने पुगेका छन् ।

अहिले आएर फेरि हेर्दा पनि मैले त्यति बेला बोलेकै कुरा मेरा हृदयमा छताछुल्ल हुने गर्छन् । वास्तवमा यी नेताभन्दा एक करोड गुणा राजा नै ठीक रहेछन् । महान् कहलाइएका टापटिपे नेताले नै आज राजाको महत्वलाई हिमाल जस्तै छर्लङ्ग पारिदिएका छन् ।

देशको रक्षार्थ अब हामी सबै मिलेर २०४७ सालको संविधान फर्काउनु पर्यो । यदि होइन भने ईश्वरवल्लभले लेख्नु भएको ‘कान्तिपुर’ या ‘सीमान्तवर्ती’ पढ्नु पर्यो । त्यहाँ ईश्वरवल्लले मेरो भनाइ उद्धृत गर्दै लेख्नु भएकोथ्यो- ‘दाजु अब हजुरले ससुराली जाँदा आज जस्तै विदेश जानु पर्दैन ।’

ईश्वरवल्लभको ससुराली दार्जिलिङ हो ।

Comments
Loading...