No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

विश्वमा कोरोना संक्रमणबाट ३ लाख ७० हजार भन्दा बढीको मृत्यु

  • 328
  •  
  •  
  •  
  •  
    328
    Shares

विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख ७० हजार नाघेको छ । पछिल्लो तत्थ्यांक अनुसार अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५ हजार नाघेको छ । विश्वमा ६१ लाख ४९ हजार संक्रमित मध्ये लाख २७ लाख २९ हजार उपचार पछि निको भएका छन् ।

अमेरिकामा संक्रमितको संख्या १८ लाख १६ हजार नाघेको छ । बेलायतमा ३८ हजारको मृत्यु भएको छ भने संक्रमितको संख्या २ लाख ७२ पुगेको छ । त्यस्तै इटालीमा २ लाख ३२ हजार संक्रमित छन् भने मृत्यु हुनेको संख्या ३३ हजार पुगेको छ ।

स्पेनमा २७ हजारको मृत्यु भएको छ भने ब्राजिलमा ४ लाख ९८ हजार भन्दा बढी संक्रमित भएका छन् भने २८ हजार भन्दा बढीको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमितको संख्या १ लाख ८१ हजार पुगेको छ भने ५ हजार भन्दा बढीको मृत्यु भएको छ ।

प्रकाशित: १८ जेष्ठ २०७७, आईतवार ०२:५१
Comments
Loading...