No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आरडीटी पोजेटिभ देखिएपछि भैंसी गोठमा !

  • 533
  •  
  •  
  •  
  •  
    533
    Shares

सुर्खेत । दैलेखको भैरवी गाउँपालिकाले र्यापिड टेष्ट (आरडीटी) पोजेटिभ देखिएपछि क्वारेन्टाइमा राखिएका ४ जनालाई भैंसी गोठमा सारेको छ । आरडीटी पोजेटिभ देखिएपछि संक्रमणको खतरा हुने भन्दै उनीहरुलाई स्थानीय एक व्यक्तिको भैंसी गोठमा राखेको स्थानीयको भनाई छ ।

१० दिनअघि भारतबाट आएका उनीहरुलाई भैरवी गाउँपालिका–३ को देउती आधारभूत विद्यालयमा स्थापना गरिएको क्वारेन्टिनमा राखिएको थियो । आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि स्कुल नजिकैको एक स्थाीयको भैंसी गोठमा चारै जनालाई शनिबार दिउँसोदेखि सारिएको हो ।

गाउँपालिका अध्यक्ष प्रेम बुढाले आरडीटी पोजेटिभ देखिएपछि उनीहरुलाई क्वारेन्टिनबाट निकालेर गोठमा राखिएको बताए । क्वारेन्टिनमा रहेका अरुलाई पनि कोरोना सर्न सक्ने भएकाले स्कुल नजिकैको व्यक्तिको भैंसी गोठमा राखेको र अब कहाँ राख्ने भन्ने आफुहरुको सल्लाह भइरहेको अध्यक्ष बुढाले बताए ।
फोटोः गोविन्द केसीको फेसबुकबाट

प्रकाशित: १८ जेष्ठ २०७७, आईतवार ०७:४४
Comments
Loading...