No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘ओलीको मात्र होइन सिस्टमकै बिकल्प खोजौं !’

  •  
  •  
  •  
  •  
  •  

निगम हुमागाईं ।
बहुमतको शक्तिशालि सरकारले अहिले सम्म गरेका कामहरू हेर्दा,कोभिड १९ हुंदै सलह किरासम्म आईपुग्दा सरकार पूर्णरूपमा असफल भएको छ ! मानबिय जीवनसंग जोडिएका बिषयहरू कोरोना महामारीमा माक्स देखि स्वास्थ्य सामाग्री खरिदसम्म ,बिदेशबाट अलपत्र परेका नेपालीहरू फर्काउॅंदा देखि क्वारेन्टिनमा राख्दा सम्म सरकारका मन्त्रीहरू लगायत बिचौलियाहरूले अरबौं रूपैया खाएका छन् ! कुनै संवेदनशीलता छैन,सबैतिर भ्रष्टहरू छन्,जतिसक्यो सय पचास देखि अरबौं खरबौं लुटिरहेका छन् ! राज्यका महत्वपूर्ण अंगहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् त्यसैले यो सरकार निकम्मा भएको छ ! ओलीले निम्न मध्ये एक बिकल्प रोजुन् !
१.भ्रष्ट र असक्षम मन्त्रीहरूलाई तत्काल बर्खास्त गरि असल नियत भएका सक्षमहरू मध्येबाट मन्त्रीपरिषद् पुनर्गठन गर्ने !
२. प्रधानमन्त्रीपदबाट राजीनामा दिने !
३. अन्तिम तर उत्तम बिकल्प :-
प्रचण्डले ३२ वर्ष पार्टीको नेतृत्व गर्नु भो २ पटक प्रधानमन्त्री हुनु भो,माधब नेपालले १६ वर्ष पार्टीको नेतृत्व गर्नु भो प्रधानमन्त्री हुनु भएकै हो,झलनाथ खनालले १३ वर्ष पार्टीको नेतृत्व गर्नु भो प्रधानमन्त्री हुनु भएकै हो,शेरबहादुर देउवाले कांग्रेसको नेतृत्व गरिरहनुभएको छ ४ पटक प्रधानमन्त्री हुनुभएकै हो ,स्वयं ओली कै पनि यो दोस्रो प्रधानमन्त्रीत्व हो !बिभिन्न पार्टिका धेरै प्रधानमन्त्री र सयौं मन्त्री/संसदहरू जनताले हेरि,भोगी सकेकै हो ! सबैको कार्यशैलि,आचरण,योग्यता,क्षमता सबैजनतालाई कार्यकर्ताहरूलाई थाहै छ ,त्यसैले यो सिस्टम नै असफल भयो ! जो गएपनि भ्रष्टै हुने फेल नै हुने जनता झुक्याई नै मात्र रहने ! भाषणले मात्रै मुलुक कसरी बन्छ??त्यसैले हाम्रा नेताहरूमा मात्र होईन यो सिस्टममै समस्या छ !भ्रष्टाचार र फोहोरी खेलहरू धेरै भए अव के.पी.ओलीको मात्र होईन यो सिस्टमको बिकल्प खोजौं ??
बिकल्प के ??

संबिधान संसोधन गरि वर्तमान संसद भंग गरौं,गैरदलिय व्यक्तित्वको नेतृत्वमा नागरिक सरकार गठन गरौं र प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसद को निर्वाचन गरौं !शक्तिशालि आयोग बनाई असल र ईमान्दार व्यक्तिहरूलाई नियुक्ति गरौं २००७ साल यताका सबै नेता /कर्मचारी र नव धनाड्यहरूको संम्पति छानबिन गरी जफत गरौं,राष्ट्रियकरण गरौं !यसो हुॅंदा खर्चिलो निर्वाचन प्रणालीले भित्राएको बिकृति,कार्यकर्तामुखि प्रवृत्ति र भ्रष्टाचार न्यूनिकरण हुनुका साथै अंकगणितिय फोहोरी राजनितिको पनि अन्य हुन्छ ! यत्ति गर्ने ॲाट के.पी.ओलीले गरून् ईतिहासमा ओली अमर हुनेछन् । अन्त्यमा लिपुलेक,लिम्पियाधुरा र कालापानी सहितको नेपालको नक्सा जारी गर्ने साहस गरेकोमा ओलीप्रति मेरो उच्च सम्मान छ !

प्रकाशित: १७ असार २०७७, बुधबार ०६:५८
Comments
Loading...