No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

थप ४८२ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको सख्या ३० पुग्यो

  • 162
  •  
  •  
  •  
  •  
    162
    Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या १४,०४६ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४,८८६ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा रहनेको संख्या ४८ हजार ३ सय ६२ रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै आइसोलेसनमा ९ हजार ३६० जना रहेका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ४,६५६ रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । अछामका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । असार १३ गते विरामी भएर बयलपाटा अस्तालमा लगिएकोमा उनको मृत्यु भएको थियो । उनी मधुमेहको विरामी भएका मन्त्रालयले जनाएको छ । उनको मृत्यु पछि गरिएको स्वाव परीक्षणमा कोरोना पाजेटिभ आएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

प्रकाशित: १७ असार २०७७, बुधबार १०:५४
Comments
Loading...