No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रधानमन्त्रीले स्वाभिमानकाे गफ हानेकै दिन बढ्याे फेरि इन्धनको मूल्य

  • 292
  •  
  •  
  •  
  •  
    292
    Shares

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य पुनः बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले शुक्रबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाँ मूल्य बढाएको हो । नयाँ मूल्य लागू भएपछि प्रतिलिटर पेट्रोल १ सय २ रुपैयाँ, डिजेल ८८ रुपैयाँ र मट्टितेल ८८ रुपैयाँ पर्ने निगमका प्रवक्ता बिनितमणी उपाध्यायले जानकारी दिए ।

भारतीय आयल कर्पोरेसन्सले पठाएको मूल्यसुचीअनुसार पेट्रोलमा ३ रुपैयाँ ६५ पैसा, डिजेलमा ३ रुपैयाँ ८२ पैसा र मट्टितेलमा १४ रुपैयाँ २५ पैसा वृद्धि भएको निगमले जनाएको छ । मूल्य उच्च बढे पनि साबिक मूल्यमा १ रुपैयाँमात्रै बढाएका उपाध्यायले बताए । निगमले असार १६ गते पेट्रोलमा ५ रुपैयाँ, डिजेलमा २ र मट्टितेलमा २ रुपैयाँ बढाएको थियो । १० दिन नबित्दै पुनः मूल्य बढाएको छ ।

प्रकाशित: २६ असार २०७७, शुक्रबार १६:१०
Comments
Loading...