No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा प्रहरी र चिकित्सकसहित १२ जना पक्राउ

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । अवैध रूपमा मिर्गौला प्रत्यारोपण गरेको आरोपमा वडाध्यक्ष सहित १२ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको मानव बेचविखन ब्यूरोले आइतवार पत्रकार सम्मेलन गर्दै वडाध्यक्ष सहित १२ जना पक्राउ गरेको जनाएको हो । व्युरोको टोलीले नौ जना ललितपुरबाट र चितवनबाट तीन जनालाई पक्राउ गरेको थियो ।

उनीहरूमाथि २०७६ जेठ २७ गते नक्कली माानिस खडा गरेर भरतपुर मेडिकल कलेज चितवनमा मृगौला प्रत्यारोपण गरेको आरोप लागेको छ । पक्राउ पर्नेमा ललितपुर वडा नम्बर ३ का श्रीगोपाल महर्जनसहित ३ जना डाक्टर, २ जना महिला, १ जना कानून व्यवसायी र अन्य ५ जना रहेको व्युरो प्रमुख एसएसपी देव बहादुर बोहराले जानकारी दिए । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको व्युरोले जनाएको छ ।

प्रकाशित: २८ असार २०७७, आईतवार १२:१४
Comments
Loading...