No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

थप १४४ जनामा कोरोना संक्रमण, एकैदिन १,७०५ जना डिस्चार्ज

  • 160
  •  
  •  
  •  
  •  
    160
    Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या १६,९४५पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५,८५६ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइन २३,४७० जना रहेका छन् भने आइसोलेसनमा ६,६१३ जना छन् । सोमबार १,७०५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १०,२९४ पुगेको छ ।

प्रकाशित: २९ असार २०७७, सोमबार १०:४३
Comments
Loading...