No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सरकार अटेरी भयोः वरिष्ठ नेता पौडेल

  • 86
  •  
  •  
  •  
  •  
    86
    Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पीसीआर परीक्षणको दायरा माग गर्दै अनसन बस्नुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । कोरोना भाइरसको रोकथामका लागि प्रभावकारी कदम चाल्नुपर्ने माग गर्दै सत्याग्रहमा बसेका ‘इनफ इज इनफ’ अभियानका अभियन्ता ‘ई’ सँग आइतबार भेटपछि नेता पौडेलले यस्तो बताएका हुन् ।

उनले सरकारले नै पीसीआरको दायरा बढाउन र क्वारेन्टिन व्यवस्थित गर्नुपर्नेमा यस्तो माग राखेर अनसन बस्नुले सरकारले असफलता प्रमाणित भएको उल्लेख गरे । उनले लगातार अनसन बस्दा पनि जायज मागलाई नसुन्ने सरकार अटेरी भएको टिप्पणी गरे । पौडेलले अनसनमा बसेका अनशनकारीको माग सम्बोधनका लागि राज्यले ध्यान नदिएर सरकारले गरिरहेको बेवास्ताप्रति आपत्ति जनाए ।

वरिष्ठ नेता पौडेल पार्टीका साथमा केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडू पनि अनसनस्थल पुगेका थिए । अभियन्ता ‘ई’ १६ दिनदेखि दोस्रो पटक सत्याग्रहमा बसेका हुन् । यसअघि सरकारले आफूहरुसंग गरेको सहमति कार्यान्वन नगरेको भन्दै ‘इनफ इज इनफ’ले दोश्रो पटक आन्दोलन सुरु गरेको हो ।

प्रकाशित: १८ श्रावण २०७७, आईतवार ११:५४
Comments
Loading...