No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कोरोनालाई जितेर अमिताभ बच्चन अस्पतालबाट डिस्चार्ज

  • 529
  •  
  •  
  •  
  •  
    529
    Shares

बलिउड अभिनेता अमिताभ बच्चन कोरोना संक्रमण मुक्त भएका छन् । अमिताभको कोरोना रिपोर्ट नेगेटिभ आएसँगै उनी अस्पतालबाट डिस्चार्ज भएका छन् । छोरा अभिषेकले ट्वीटरमार्फत पिताले कोरोनालाई जितेको जानकारी दिएका छन् । उनले चिकित्सक, शुभेच्छुकहरुलाई धन्यवाद दिँदै अब घरमै आराम गर्ने उल्लेख गरेका छन् ।

अमिताभलाई दुई साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो । उनीसँगै छोरा अभिषेक, बुहारी ऐश्वर्या, नातिनी आराध्यालाई पनि संक्रमण देखिएको थियो । उनीहरु यसअघि नै संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् ।

प्रकाशित: १८ श्रावण २०७७, आईतवार १२:५४
Comments
Loading...