No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कालिकोटमा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु

  • 3
  •  
  •  
  •  
  •  
    3
    Shares

कालिकोट । पहिरोले घर पुर्दा कालिकोटमा ६ जनाको मृत्यु भएको छ । घरमाथिबाट पहिरो खस्दा कालिकोटको महावै गाउँपालिका वडा नम्बर ३ नख्खुमा एकै परिवारका चारसहित ६ जनाको मृत्यु भएको हो ।

गएराति महाबै गाउँपालिका ३ नख्खु गाउँ कालिकोटमा वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख श्यामबाबु ओलियाले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार पहिरोले घर पुर्दा विष्टका २ छोरा २ छोरी र उनका दाजु डिल बहादुर बिष्टका २ छोरी गरि ६ जनाको मृत्यु भएको हो । घटना भएको स्थानमा प्रहरी परिचालन गरिएको छ । कालिकोटमा यसअघि बाढी र पहिराबोट १९ जनाको मृत्यु ६ जना वेपत्ता भएका थिए ।

प्रकाशित: ३० श्रावण २०७७, शुक्रबार ०४:१४
Comments
Loading...