No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेकपाभित्रको विवादको पछाडि नक्सा सार्वजनिकीकरण र एमसीसी नै हो

  • 3
  •  
  •  
  •  
  •  
    3
    Shares

ऋषि कट्टेल ।
संसदीय व्यबस्थाको जननी पूँजीवाद हो । पूँजीवाद व्यक्तिवादमा विश्वास गर्दछ । त्यसैले संसदीय व्यबस्थामा व्यक्तिको स्वार्थमा वाधा पर्ना साथ पार्टीहरु फुट्छन्, जुट्छन्, नयाँ समीकरणहरु बन्दछन् । संसारभर यस्तै भइरहेछ । नेपालको सरकारी पार्टीमा पनि त्यही कुरा लागू हुन्छ । ओली र प्रचण्ड अर्थात् माओवादी र एमाले हिजो पनि एकआर्कामा दुश्मन जस्ता थिए । स्वार्थ मिल्यो मिले । ओली र माकुने हिजो मिलेरै अरुहरुलाई पेल्थे । आज उनीहरुबीच स्वार्थमा टकराव भयो झगडा गर्दैछन् । फेरि स्वार्थ मिल्छ अनि मिल्छन् । त्यसकारण विधि प्रक्रिया यिनका देखाउने दाँत मात्र हुन् ।

जहाँसम्म अहिले यो पार्टी फुट्छकी फुट्दैन भन्ने प्रश्न छ मालिकको आदेश नभए आन्तरिक कारणले तत्कालै यो पार्टी फुटिहाल्ने अवस्था मैले देखेको छैन । सबैको स्वार्थमा धक्का पुग्ने कुरा त छँदैछ केही कानुनी जटीलताहरु पनि छन् । यो जटिलता ओलीले मात्र फुकाउन सक्दछन् । प्रचण्डहरुले चाहेर मात्र हुँदैन । भागवन्डाको विवाद भएकाले ओलीले दुईचार वटा हड्डी मिल्काउँछन् कुरो मिल्छ । सांसदहरु पनि आफ्नो पदको सुरक्षाको सुनिश्चय नभई पार्टी फुटाईहाल्न सहमत हुदैनन् ।

मालिकहरु भने अहिले फुटाई हाल्नु भन्दा गुटहरुलाई जुधाएर अर्को चुनावसम्म आफू अनुकुल हिँडाउन कोसिस गरिरहेका जस्ता देखिन्छन् । बाहिर जेदेखिए पनि अन्तर्यमा यो विवादको पछाडि नक्सा सार्वजनिकीकरण र एमसीसी छ । यसको व्यवस्थापन नहुँदासम्म यिनीहरु बीचको कलह भने साम्य हुँदैन ।

क्रमश…

 

संसदवादीहरु कम्युनिष्ट हुनै सक्दैनन्

प्रकाशित: ३० श्रावण २०७७, शुक्रबार ०५:०५
Comments
Loading...