No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एनएमबि बैंकको खुद नाफा र वितरणयोग्य मुनाफा दुवैमा वृद्धि

  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

 

काठमाडौं : एनएमबि बैंकले गत आर्थिक वर्ष २०७६र७७ मा खुद नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा २ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा २ अर्ब २७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणमा अनुसार बैंकको खुद नाफासँगै बैंकको वितरण योग्य मुनाफा पनि बढेको छ । अघिल्लो आर्थिक वर्ष १ अर्ब २७ करोड रुपैयाँ वितरण योग्य मुनाफा कमाएको बैंकले गत आर्थिक वर्षको अन्त्यमा १ अर्ब ४२ करोड रुपैयाँ कमाउन सफल भएको छ । जुन प्रतिशतका आधारमा करिब १२ प्रतिशतले बढी हो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेर ५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ ।  सञ्चालन मुनाफा भने घटेर २ अर्ब ४३ करोड रुपैयाँमा सीमित रहेको छ । जुन मुनाफा अघिल्लो आवमा ३ अर्ब २४ करोड रुपैयाँ बढी थियो ।

अघिल्लो आर्थिक वर्षमा ९७ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले गत आवमा १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । कर्जा परिचालन पनि ८८ अर्ब ४८ करोड रुपैयाँबाट बढेर एक खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ ।

हाल १३ अर्ब ९५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ८३ करोड रुपैयाँ सञ्चित रहेको छ । जुन अघिल्लो आवमा ३ अर्ब ४९ करोड रुपैयाँ जगेडा कोषमा रहेको थियो ।

बैंकको प्रतिसेयर आम्दानी र प्रतिसेयर नेटवर्थ दुबै घटेर क्रमशः १६.७३ रुपैयाँ र १४९.५७ रुपैयाँमा सीमित रहेको छ ।

बैंकको कष्ट अफ फण्ड घटेर ६.९९ प्रतिशत, सीडी रेसियो घटेर ७२.६८ प्रतिशत र आधार दर घटेर ८.९५ प्रतिशतमा झरेका छन् । बैंकको निष्क्रिय कर्जा बढेर २.६८ प्रतिशत पुगेको छ ।

प्रकाशित: ३० श्रावण २०७७, शुक्रबार ०८:१८
Comments
Loading...