No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

न्यूरोड क्षेत्रका पसल एक साताका लागि बन्द

  • 23
  •  
  •  
  •  
  •  
    23
    Shares

काठमाडौं । काठमाडौंको न्यूरोड क्षेत्रका एक व्यापारीमा कोरोना भाइरस संक्रमण देखिएपछि पसलहरु बन्द गरिएको छ । व्यापारीमा संक्रमण देखिएपछि काठमाडौं महानगरपालिकाको वडा नम्बर २४ मा पर्ने क्षेत्र न्यूरोडको विशालबजार देखि इन्द्रचोकसम्मका पसलहरु बन्द गरिएको हो । भदौ ७ गतेसम्म त्यसक्षेत्रका सबै पसलहरु बन्द गर्न वडा कार्यालय अनुरोध गरेको छ ।

वडा कार्यालयले विज्ञप्ति जारी गरी न्यूरोड क्षेत्रमा कोरोना निसंक्रमण गर्नु आवश्यक रहेकाले साउन ३० गतेदेखि भदौ ७ गतेसम्म जुद्ध सालिकलदेखि इन्द्रचोकसम्मका पसल, व्यवसाय बन्द गर्न अनुरोध गरेको छ ।

प्रकाशित: ३० श्रावण २०७७, शुक्रबार १०:१३
Comments
Loading...