No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

निजी अस्पताललाई २० प्रतिशत शैया कोभिड व्यवस्थापनका लागि छुट्याउन मन्त्रालयको निर्देशन

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० प्रतिशत शैया कोरोना भाइरस व्यवस्थापनका लागि छुट्याउन निजी अस्पताललाई निर्देशन दिएको छ ।

घनाबस्ती भएका जिल्ला र सहरहरुमा संक्रमण वृद्धि भएको तथा काठमाडौंमा शैया अभाव हुँदै गएको भन्दै मन्त्रालयले निजी क्षेत्रका अस्पताललाई समेत २० प्रतिशत शैया कोभिड व्यवस्थापनका लागि राख्न निर्देशन दिएको हो । कुनै पनि अस्पतालमा भर्ना भएका बिरामीलाई कोभिड १९ संक्रमण पुष्टि भए हब अस्पतालको समन्वय बिना रिफर नगर्न पनि मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अनुरोध गरेका छन् ।

प्रकाशित: ३० श्रावण २०७७, शुक्रबार ११:२३
Comments
Loading...