No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

युरोपबाट मधुको उदाहरणीय कामः ‘पिताको श्राद्धमा कमैया बस्तिका बालबालिकालाई सहयोग’

  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

सञ्चारकर्मी, उद्यमी एवम् समाजसेवी मधु कार्कीले आफ्ना पिताको श्राद्धमा कमैया बस्तिका बालबालिकाहरु लाई प्रसादस्वरुप भोजन, कापीकलम लगायत सामग्री सहयोग गर्नुभएको छ ।

हाल युरोपमा बस्दैँ आउनुभएका कार्कीले सुदूरपश्चिम प्रदेशमा रहेको गरिबी, पिडालाई सम्झेर कन्चनपुर भिमदत्त नगरपालिकाका कमैया बस्तिका बालबालिकाहरुलाई नेपाल मानव सेवा समाज कंचनपुर र सामजिक अभियान्ता सुरेन्द्र देउजामार्फत प्रशाद वितरण गर्नुभएको हो ।

कमैयामुक्त क्षेत्रका बालबालिकालाई नेपाल मानवसेवा समिति कंचनपुरको कम्पाउन्डमा खानेकुरा, स्टेशनरी, साबुन, तावेल, टुथपेस्ट लगायत सामानहरु वितरण गरिएको हो ।

सामाजिक सञ्जाल फेसबुकमार्फत कार्कीले नेपाल मानव सेवा समाज कंचनपुर परिवार, समाजसेवीहरु प्रती कृतज्ञता ज्ञापन गर्दै आफु आभारी भएको बताउनुभएको छ । उहाँँले भविष्यमा कमैयामुक्त क्षेत्रलगायत देशका का बालबालिकाहरुको शिक्षा, दीक्षाको व्यवस्था गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ ।साभारःअनलाइनमार्गडटकम

यस्तो छ उहाँको फेसबुक स्टाटसःः

प्रकाशित: २४ भाद्र २०७७, बुधबार १४:४१
Comments
Loading...