No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कोरोना भाइरसलाई अब साथी बनाउनुको बिकल्प छैनः कार्यकारी निर्देशक प्रसाईं

  • 19
  •  
  •  
  •  
  •  
    19
    Shares

काठमाडौं । झापाको विर्तामोडस्थित प्रस्तावित बिएण्डसी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईंले कोरोना भाइरसलाई अब साथी बनाउनुको बिकल्प नभएको बताएका छन् ।

उज्यालो नेपालसँगको कुराकानीमा प्रसाईंले पीसीआर परीक्षण समस्याको समाधान नभएकाले आफू सुरक्षित हुँदै अरुलाई पनि सुरक्षित बनाउने गरी जनचेतना जगाउनुपर्ने बताएका छन् । उनले कोरोना संक्रमित बढ्दै गएमा निको भएकाहरुबाट गम्भीर विरामी भएकालाई प्लाज्मा दान गर्न सकिने भएकाले समस्या नहुने बताए ।

अहिले अस्पतालका १२ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपनि अवस्था सामान्य रहेको बताए । अस्पतालका केही स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि विर्तामोड नगरपालिकाले अस्पताल संक्रमणको हटस्पट हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेको तर त्यस्तो चिन्ता लिनुपर्ने अवस्था नरहेको प्रसाईंले बताएका छन् ।

प्रकाशित: २५ भाद्र २०७७, बिहीबार ११:१५
Comments
Loading...