No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

के नेपाली समाजले पनि एउटा कंगना रणावतको बाटो हेरीरहेको छ ?

  • 14
  •  
  •  
  •  
  •  
    14
    Shares
विन्दु पाठक ।
के नेपाली समाजले पनि एउटा कंगना रणावतको बाटो हेरी रहेको छ ? कंगना रणावात सवा-सौ करोड भारतीयहरुको लागि अपरचित नाम होइन, उनि भारतको हिमान्चल प्रदेश पहाडी जिल्लाबाट मुम्बईमा उदाएकी कलाकार, अहिले बलिउड भित्र परिवारबाद बिरुद्धको लडाईको योद्धाको रुपमा परिचित छिन l फिल्म हरेक व्यक्तिको अनिबार्य बिषय होइन, यो इच्छाधीन बिषय हो, जसले चाहान्छ हेर्छ जसले चाहादैन त्यसले हेर्दैन तथापी हरेक मानिस फिल्म देखि टाढा उसको जीवनशैली हुदैन l फिल्म निर्माता निर्देशकहरु आफैले बनाएको फिल्ममा आफ्नो बाबु, आमा, काका, काकी, भाइ, भतिजा जो-जसलाई लिए पनि उनीहरुको कुरा हो किनकि त्यहाँ उनीहरुको पैसा परेको हुन्छ जनताको कर तिरेको सरकारी पैसा हुदैन, तथापी बलिउडमा बाहिरबाट आउने कलाकारलाइ धेरै दमन विभेद गरिन्छ त्यहाँ l कंगनालाइ बलिउडमा पहाडिया भनेर हेप्ने पनि गर्छन l कंगनाले बलिउडमा सबै हाँसिल गरि सकेकी थिइन् नाम, दाम सबै अपुग केहि थिएन, तर त्यहाँ भएको दमन विभेदको कारण अन्य बाहिरबाट गएको कला र कलाकारको खातिर उनि लड्न शुरु गरिन l हुदै जादा बलिउड माफियाले शिव सेनाको आँगनसम्म पुर्याई दियो उनलाई, जसको कारण उनको लगभग ४०-५० करोडको घर हिजो तहस-नहस भत्काई दियो l
अब भन्नुस कंगनाको लडाई एउटा सामान्य कुरा थिएन त्यो उनको लागि मात्रै थिएन तमाम भारतको कन्याकुमारी देखि कस्मिर सम्मका भारतीयहरुको कलालाइ समान अधिकारको लडाई थियो त्यो पनि नितान्त एउटा इन्डस्ट्री भित्र व्यक्ति वा टिमको लगानीको कुरा थियो l हाम्रो देशमा हाम्रो समाजमा ३ करोड नेपाली जनता हरेकले तिरेको कर राज्यको सम्पतिमा नेताहरुले मन्त्रि शासक बनेर आफ्नो परिवारबादमा रजाइ गरि रहेका छन् l बर्षमान पुनको परिवारबाट ११ जनाले राज्य कोष लिन्छन भन्ने समाचार छ, प्रचण्डको परिवारबादले राज्यबाट १३ जनाले लिन्छन भन्ने समाचार छ l अहिले भर्खर रक्षामन्त्रिको सम्धी प्रकरण सेलाएको छैन, नेपाली राजनीतिमा नेताहरु परिवारवादको पथमा छन् l यहाँ परिवारवादको बिरुद्ध एउटा कंगना जन्मिनु पर्छ कि पर्दैन ?? नेपालको संसद भवनमा ५५ जोडी छन् के सबै योग्य भएर त्यहाँ पुगेका छन् ? यिनीहरु एउटा निर्वाचित भए पनि अर्को समानुपातिकबाट, भागबन्डाबाट त्यहाँ पुगेका छन् l नेपालको राजनीति र कर्मचारीतन्त्रको नियुक्तिमा भागबन्डा र परिवारवादबाट प्राप्त गर्छन l यो देश कसैको बपौति होइन, यहाँ हरेक जनताले तिरेको कर राज्यको सम्पतिमा परिवारबाद पथबाट पुगेर रजाइ गर्न कसैलाइ छुट छैन, त्यसैले यहाँ एउटा कंगनाले परिवारबाद बिरुद्ध क्रान्तिको आगोको झिल्का सल्काउन जरुरी छ l साभारःhttps://www.facebook.com/bindu.pathak.50

Image may contain: 1 person, sitting

प्रकाशित: २६ भाद्र २०७७, शुक्रबार ०१:५५
Comments
Loading...