No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

श्रीकृष्ण सिम्खडाका लकडाउन कविता

  • 15
  •  
  •  
  •  
  •  
    15
    Shares

सुप्रसिद्ध हास्य कलाकार श्रीकृष्णा सिम्खडाका लागि काेराेना कहरका लागि लागू गरिएकाे लकडाउन र निषेधाज्ञा अलि फापेन । उनी माेटरसाइकल दुर्घटनामा परेर अाेछ्यान परे । तर खाने मुखलाइ जुँघाले छेक्दैन भने झै, उनले त्यही माैकामा हाँस्य, व्यंग्य र सन्देसमुलक कविताहरू पनि यही वीचमा रचना गरेर सामाजिक संजालमा निरन्तर राखीरहेका छन् । अलि बढी नै याे वीचमा उनले कलम चलाए, विचार प्रवाह गरे । हाल उनकाे स्वास्थ्य अवस्था सुधार भएकाे छ भने उनी छिट्टै पुनः सामाजिक सेवाका काममा फर्कन अातुर देखिएका छन । सामाजिक सेवाका काममा निकै रमाउने उनका केही प्रतिनिधि सृजना जस्ताकाे त्यस्तै उनकै वालबाटः

१.नयाँ मेयर आयो

ओहो मेयर आयो ।
पालैपालो हात मिलायो।
चिया र बिस्कुट खायो।
माला र ब्याज लायो।
खादा र अबिर लायो।
हल्का थोरै तालि पायो।
बहुमतको गालि पायो।
सबैलाइ हुन्छ भन्यो।
एक्छिन कुर्सीमबस्यो।
फोन आको आइ गर्यो।
अर्को कार्यक्रम मा गयो।
त्या थोरै ढिलो भयो।
पहिल्यै त्या सरि भन्यो।
अरु लाइ सम्मान गर्यो।
मेयरले गाउनु गायो ।
सबैको कान टट्टायो।
सबै लाइ गहिरेर हेर्यो।
च्यापेको पिसाब फेर्यो ।
मेयरले आजा गाउनु गायो।
पन्चे भन्दा खुंखारको ।
सहरम नयाँ मेयर आयो।
कार्यक्रम पस्चात भट्टी पस्यो।
चिसो बियर खान लाइ बस्यो ।

 

२.बात मिलाएर खा

ओइ खान्छस
खा आज पनि खा
पद मा बसेर खा
चिन्ता नलि टन्न खा
बान्ता हुने गरि खा
छेरपटि लाग्ने गरि खा
आँखा नदेख्ने गरि खा
यताको नि पोलेर खा
उता को नि पोलेर खा
वारि को नि खा
पारी को नि खा
खुट्टा को नि खा
टाउको पनि खा
आन्द्रा पनि खा
भुडी पनि खा
कलेजो मुटु खा
किडनि पनि खा
गिदि पनि खा
आँखा पनि खा
तेरै रहेछ जिन्दगी
खा खानु सम्म खा
तेरै रहेछ त्यो पद
बात मिलाएर खा।

 

३.हावा चलि रह्यो

हावा चलिरह्रयाे
मन जलि रह्यो।
हावा जोडले चल्यो
खुट्टा तोडले गल्यो
हावा भुकि रह्यो
मन दुखी रह्यो।
हावा कराइ रह्यो ।
मन डराइ रह्यो ।
उ त हावा नै रहेछ
साच्चै हावा पो भएछ ।
प्रकाशित: २९ भाद्र २०७७, सोमबार ०३:०९
Comments
Loading...