No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘सत्ता र भ्रष्टाचार’

  • 32
  •  
  •  
  •  
  •  
    32
    Shares

“सत्ता र भ्रष्टाचार “
सत्ता र भ्रष्टाचार सरकार कै छायाँ,
भ्रष्ट,माफियालाई प्रधानमन्त्रीकै मायाँ !
******
डाडु हाम्रै पन्यु हाम्रै सरकार हाम्रै छायाँ
माफियाले माफियालाई गर्नै पर्ने मायाँ।।
******
राष्ट्रपति पनि आँफ्नै,भनेको मान्ने,
भनेको मान्नेका लागि आँफै हो जान्ने !
******
आशा मात्र गरे पुग्छ, उतै आउँछ छान्ने,
छान्ने मात्र होर,प्रधानमन्त्रीआफै जान्ने!
******
हेर्दा हेर्दै अत्याचार अति बढेरै गाको छ ,
मृतकको कात्रो पनि भ्रष्टाचार भाकोछ।
******
एउटाले सारी छान्ने,अर्कोलाई कोट,
कोटसारी मिलाउँदा राज्य पेटी कोट !!
******
देश सक, राष्ट्र सक, कुनै मतलब छैन,
कुनै मतलब हुने भए,मदन तिर छुइनँ ।
******
मदन काण्ड छान विन गर्नु हुँदै हुन्नँ ,
छानविन गरे पनि पेटी कोटलाई छुन्न !
******
दासढुंगा काण्डले नै अघि हुँने जनायो,
अघि हुँने चाहँनाले नै राष्ट्रपति बनायो ।
******
राष्ट्रपति प्रधानमन्त्री दुबै हाम्रा साँझा,
साँझा हुन्,भनौ भने केही छैन ताजा ।
******
राज्य दोहन गर्नेहरु संरक्षणमै हुन्छन ,
संरक्षणमा हुनेलाई कसले पो छुन्छन ?
******
डाडु हाम्रै पन्यु हाम्रै सरकार हाम्रो छायाँ
माफियाले माफियालाई गर्नै पर्ने मायाँ!!
******
हाम्रा प्रधानमन्त्री साह्रै रहेछन नि भुरा,
विधि के हो,विधान कहाँ उरन्ठेट्ने पुरा।
******
उरन्ठेउले भनौ भने माओवादी सिध्याए,
सिध्याए मात्र हैन,प्रचण्डलाई जिल्याए।
******
जाल झेल खोज्दै पुरानै सत्ता भेटियो,
सत्ता भित्र रणनीति प्रचण्डको देखियो।
******
जबज भित्रका कठित कम्युनिष्ट पार्टी,
युद्ध हाक्ने देखियो भङ्गेराकै छाती !!
******
सत्ता चलाउने कठित कम्युनिष्ट पार्टी,
कम्युनिष्टमा ता हुन्छन धेरै मान्छे जाति
******
चालु सत्ता हेर्यो भने कमरेड कै हो पार्टी,
कमरेड भन्ने आधार छैन के भनौ र साथी ??
******
रेल र पानी जहाँजका उस्तै ठूला कुरा, ठूला कुरा देखाउँदामा कुनै भएन पुरा।।
******
डाडु हाम्रै पन्यु हाम्रै सरकार हाम्रै छायाँ,
माफियाले माफियालाई गर्नै पर्ने मायाँ ।
******
यता गर्यो उता गर्यो राष्ट्र घात गर्ने कुरा,
कुरा पगालेर जनतालाई बनायौं भुरा ।
******
सत्ता मोहको धङ्धङ्गीले देशै जलायौ,
देशै सकिए सकियोस् बरु भन्ने बनायौं।
******
अति सुन्दर राष्ट्र हाम्रो बरालिँदै गयो,
बरालिँदै रहँदा खेरी बेहाल हुँने भयो ।
******
बेहाल बनाउँनेलाई नै कति सम्म मान्ने,
भ्रष्टहरुले सिमा नाघे यीनै किन छान्ने ?
******
हाम्रो माटो हाम्रै समाजको छायाँ,
हाम्रो देशको हाम्लाई नै हुन्छ मायाँ।२।
******
पुराना नेतालाई गर्नु पर्छ बाई बाई,
बाई बाईसँगै भित्र्याउँ नयाँ युवालाई।
******
बैकल्पिक बिचार ब्याबहार मै लागू गरौ,
ब्याबहाबाटै भ्रष्ट नेतृत्वलाई लगारौ ।२।
******
डाडु हाम्रै पन्यु हाम्रै सरकार हाम्रै छायाँ
माफियाले माफियालाई गर्नै पर्ने मायाँ।।
******
बिकल्प खोजौ, सबैको हित हुने !
राजनीति रोजौ, सबैको जित हुने !

*** ठाकुर पोखरेल

प्रकाशित: २९ भाद्र २०७७, सोमबार ०५:१७
Comments
Loading...