No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कुलमानलाइ पुनः नियुक्त गर्न जनस्तरबाट दबाब, सरकारले निर्णय गरेन

  • 12
  •  
  •  
  •  
  •  
    12
    Shares

कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ ।  राष्ट्रिय झण्डासहित उपस्थिति युवाहरुको समूहले कुलमान नियुक्तिमा ढिलाइ भएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले मैन बत्ती बलेर कुलमानको पक्षमा निर्णय गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । सरकारले सोमवारको मन्त्रिपरिषद बैठकमा कुलमानलाई पुनः नियुक्ति गर्ने भनिए पनि ऊर्जा मन्त्रालयले प्रस्तावमा प्रधानमन्त्रीले कानुनी प्रश्न उठाएको बुझिएको छ । जनस्तरबाट कुलमानलाई फेरि प्राधिकरणमा नियुक्ति गर्न सरकारमाथि व्यापक दबाव बढिरहेको छ । केही कलाकारहरुले पनि प्रत्येक दिन राती ८ बजे कुलमानका पक्षमा ५ मिनेट बत्ती निभएर सरकारलाई नियुक्तिको लागि दबाव दिन अभियान चलाउन आह्वान गरेका छन् ।

सोमवारको मन्त्रीपरिषद वैठकमा कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्ने उर्जा मन्त्रालयको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीका कारण रोकिएको  बताइएको छ । उर्जा मन्त्रालयका तर्फबाट कुलमानलाई नियुक्त गर्ने प्रस्ताव प्रधानमन्त्रीसमक्ष पुगे पनि सोमबारको क्याबिनेटमा यो प्रस्तावले प्रवेश पाएन । सोमबार साँझ बसेको क्याबिनेट बैठकमा कुलमानको विषयमा कुरै नउठेको खबर छ ।

वैठकमा उर्जामन्त्री वर्षमान पुनले ‘मेरो पनि एउटा प्रस्ताव थियो नि प्रधानमन्त्रीज्यू’ भनेको तर प्रधानमन्त्रीले कानूनअनुसार बुझौंला भन्नुभयो ।’ भन्ने खबर बाहिरिएको छ । उर्जा मन्त्रालय स्रोतका अनुसार कुलमानलाई पुनः नियुक्तिका लागि मन्त्री वर्षमान पुनले आइतबार नै प्रधानमन्त्रीसमक्ष प्रस्ताव पठाएका थिए । तर, प्रधानमन्त्रीले यो प्रस्तावलाई सोमबारको एजेण्डामै चढाएनन् ।

कुलमान घिसिङ ४ वर्षे कार्यकाल सकेर आइतबार बिदा भएका छन् । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमानको ४ वर्षे कार्यकाल सकिएपछि प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगिएको छैन । कुलमानलाई पुनः नियुक्ति गर्न प्रधानमन्त्रीले यसअघिदेखि नै अनिच्छा प्रकट गर्दै आएका छन् । उनले मिडियामा चर्चा गरेका भरमा नियुक्ति नदिने बताउँदै आएका छन् । तर, ढीलै भए पनि प्रधानमन्त्री ओलीले घिसिङलाई नै नियुक्त गर्ने अनुमान पनि उत्तिकै धेरै छ ।

कुलमानलाई दोहोर्याउन जनस्तरबाट पनि सरकारमाथि दबाव बढिरहेका बेला प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने कुलमानको विपक्षमा फेसवुकमा लेखेका छन । प्रधानमन्त्रीका सल्लाहकार थापाले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले कुलमानको पक्षमा किन लविङ गरेको भन्दै प्रश्न उठाएका छन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको भनाइलाइ प्रधानमन्त्रीले कुलमानलाइ पुनः नियुक्ती गर्न नचाहेको अर्थमा पनि हेरिएको छ ।

प्रकाशित: ३० भाद्र २०७७, मंगलवार ०१:४६
Comments
Loading...