No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

देश, दल, राजनीति, सत्ता, समाजबारे अग्रज पत्रकार देवेन्द्र कोइरालाका १० टिप्पणी श्रृखला – ५

  • 85
  •  
  •  
  •  
  •  
    85
    Shares

अग्रज पत्रकार देवेन्द्र कोइराला अक्सर सामाजिक सन्जालमा देश, दल, राजनीति, सत्ता र समाजबारे सटिक टिप्पणी गरिरहनुहुन्छ । उहाँका शव्दरूपी वाण कहिले व्यंग्यात्मक, कहिले विम्वात्मक, कहिले रोचक घोचक त अक्सर प्रेरक हुन्छन् । सत्ता र समाजको चरित्रबारे उहाँका टिप्पणीहरू पाठकहरूका लागि फलदायी हुने विश्वास छ । थप जस्ताको त्यस्तै  कोइरालाकै वालबाटः

१.कुलमान प्रतिस्पर्धाबाट आउनु पर्छ भन्ने कुरा आयो । अब कसले बढि लोडसेडिङ गर्ने, व्यापारीलाई बिजुली बेच्ने, प्राधिकरणलाई कसले बढि घाटा बोकाउने र खनखनी कसले बढि बुझाउने प्रतिस्पर्धामा जो योग्य ठहरिन्छ, उही हुने भन्या हो कि ? यति भएपछि घाम थापाहरुले तयार गरेको प्रतिष्पर्धाको मापदण्डमा कुलमान पर्ने छैनन् । नारानकाजीले यो प्रतिस्पर्धाको परिभाषा बुझ्या खै ?

२.अलि आशलाग्दो मान्छे अगाडि आउनै नदिने, बदनामहरु छोड्नै नसक्ने ।

३. १५ हजारको पिसिआर २ हजारमा झरेछ । १०० को टमाटर रात पर्दै गएपछि २० मा पाएजस्तै होला ।

४. हजारको एउटा नोट देख्नै नहुने,

अर्बको चाङ देख्नै नसक्ने ।

लुरेलारेको हात समाएर हतकडी लाउने,

ठुलाबडाको खुट्टा समाएर आचमन गर्ने ।

हाम्रो पख्तियार !

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रू. १ हजार घुस लिएको आरोपमा मुद्दा चलाइएका भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५, कटुन्जे निवासी खरिदार रामहरि सुवेदी (४७) ले अदालतबाट सफाइ पाएका छन् ।

यस्तो आरोप सहन नसकी उनले गत वर्ष, ६ असोज २०७६ मा आफ्नै घरको भर्याङमा झुण्डिएर आत्महत्या गरेका थिए ।

५. सडकमा गुड्न थालेको हावाजाज्😎

६. ०४८ सालतिर म डेरा बसेको घरको एउटा कोठामा सरस्वती क्याम्पस पढ्ने २ जना झापाली विद्यार्थीहरु एउटा रिक्सामा ओढ्ने ओच्छ्याउने, खाट, स्टोभ, पकाउने र खाने एकसरो सामान सहित डेरा बस्ने गरी आए । उनिहरुले २२५ क‍ो दरले कोठा लिए । शुरुको चैत महिनाको भाडा तिरे । अर्को महिनादेखि घरबेटी पैसा माग्दा घरबाट आछैन भन्दाभन्दै दशैं आयो । अब दशैंपछि घर गएर पैसा ल्याएर तिर्छम् भनेर गए । घरबेटी दाईलाई पनि यतिका महिना त कुरियो, अब १५ दिन त हो नि भनेर हुन्छ भने र हिड्ने बेलामा चाबी समेत दिए । दशै गयो, तिहार छट गयो, ती कहिल्यै फर्केनन् । पछि सबैको रोहवरमा कोठाको चावी खोलेर हेर्दा कोठामा एउटा सिंगल बेडको खुट्टे थोत्रो खाट र जुठो भात फालेको प्लाष्टिकको पोको बाहेक केही थिएन ।

७. देशी बिदेशी प्रतिक्रियावादीले पार्टी फुटाउने खडयन्त्र हाम्रा बाजेहरुले असफल पारे । अब माटो सुहाउँदो, गर्भबाट सूर्य उदाउने आफ्नै देशको मौलिक योजना MCC पास हुने प्रवल सम्भावना

अब अमेरिकी मरिन नै छिरेपनि हाम्रो पार्टी फुटाउन सक्दैन, चाईनालाई जेसुकै गरोस्, हामी स्वाभिमानी नेपालीलाई फरक पर्दैन । चाहे ग्वान्तोनामो होस् वा कान्दाहार वा दमास्कस, हामी नेपालीहरु सधैं शिर ठाडो पारेर सलाम गर्नेछौं महान देशका महान् याङ्कीहरुलाई । राष्ट्रबादको चास्नीमा डुबुल्की मारेर बिदेशीलाई छाँद हाल्न रमाउने नेपालीलाई बिष नै पियाउनु परे पनि शिर निहुराएर हैन, शीर ठाडो पारेर पियाउने छौँ ।

यति प्रसंशा गरेपछि आलोचना गरेको नठहरिएला कि !

८. तला थपेर ६/६ महिनामा डेरावाल फेर्दै भाडा बढाउनेहरु अहिले खाली कोठा हेर्दै टोलाउन थाले ।

९. काठमाडौंबाट बाहिरिएका १८ लाख मानिसमध्ये ८ लाख गाउँमै ‘सेटल’, फेरि नफर्किने मुडमा ।

१०. खान नपाए पुलिसकहाँ जानू, सिडियोकहाँ जानू, आफ्नोे जनप्रतिनिधि र स्थानीय निकायकहाँ जानू, त्यहाँ पनि नपाए हामीलाई खबर गर्नु (मन्त्री लेखराज भट्ट ऋषि धमलाका साथमा) ।

यति गरेपछि चाहार्दा चाहार्दै टन्न अघाएर भविष्यमा कहिल्यै खानै नपर्ने ठाउँमा कस‍ो नपुगिएला ?।😎

 

प्रकाशित: ३० भाद्र २०७७, मंगलवार ०४:११
Comments
Loading...