No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बागबजारमा कांग्रेस (वी.पी.) ले आयोजना गरेको कार्यक्रममा प्रहरी हस्तक्षेप

  • 5
  •  
  •  
  •  
  •  
    5
    Shares

काठमाडौं । सरकारको कामकारवाहीको विरुद्ध काठमाडौंको बागबजारमा नेपाली कांग्रेस (वी.पी.)ले आयोजना गरेको विरोध सभामा प्रहरीले हस्तक्षेप गरेको छ ।

कोरोना महामारीकाबीच पनि सरकारले जनताको पक्षमा कुनै पनि काम गर्न नसकेको भन्दै कांग्रेस (वी.पी.) ले सरकारबिरुद्ध विरोधसभाको आयोजना गरेको थियो । पद्मकन्या क्याम्पसको गेट बाहिर प्रदर्शन गर्न खोज्दा प्रहरीले पानीको फोहरा प्रहार गरि तितरवितर पारेको थियो । प्रहरीले हस्तक्षेप गरेपछि विरोधसभा नै प्रभावित भएको थियो ।

कोरोना माहामारीका कारण युवाहरु बेरोजगार भएको, व्यवसाय गर्ने वातावरण बन्न नसकेको अवस्थामा सरकार भने मौन रहेको कांग्रेस (वी.पी.)को आरोप छ । त्यस्तै कांग्रेस (वी.पी.)ले सरकारले राष्ट्रघाती काम गरेको आरोप पनि लगाएको छ ।

प्रकाशित: ३० भाद्र २०७७, मंगलवार ०९:१३
Comments
Loading...