No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

थप १४५९ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

  • 3
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४५९ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १०,३७५ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ७,२५० जना रहेका छन् । आइसोलेसनमा १५,७७९ सक्रिय संक्रमित रहेका छन् । मंगलबार थप १,०६२ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ४०,६३८ पुगेको छ । आइसियूमा १७४ । भेन्टिलेटरमा २८ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा चार महिला र सात पुरुष गरी थप ११ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३७१ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित: ३० भाद्र २०७७, मंगलवार १०:४१
Comments
Loading...