No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

न्युक्यासल युनाइटेडद्वारा ब्ल्याकबर्न रोभर्स पराजित

  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

न्युक्यासल युनाइटेडले काराबाओ कपको दोस्रो चरणमा च्याम्पियनसिपको क्लब ब्ल्याकबर्न रोभर्सलाई पराजित गरेको छ ।

रायन फ्रेजरले डेब्यू खेलमा गोल गरेको दिन न्युक्यासल युनाइटेडले गयराति काराबाओ कपको दोस्रो चरणमा च्याम्पियनसिपको क्लब ब्ल्याकबर्न रोभर्सलाई १(० ले पराजित गरेको हो ।  मिगुएल अल्मिरोनको पासमा फ्रेजरले ३५औं मिनेटमा गरेको गोल न्युक्यासलको जितमा निर्णायक बन्यो । फ्रेजर बर्नमाउथबाट यसै सिजन न्युक्यासलमा अनुबन्ध भएका थिए । न्युक्यासलले प्रिमियर लिगको पहिलो खेलमा वेष्ट ह्यामलाई २(० ले पराजित गरेको थियो। न्युक्यासलले अब आइतबार ब्राइटनविरुद्ध खेल्ने छ ।

गयराति नै सम्पन्न अन्य खेलमा बर्नमाउथले क्रिष्टल प्यालेसलाई पेनाल्टी सुटआउटमा ११(१० ले पराजित गर्दै काराबाओ कपको तेस्रो चरणमा स्थान बनायो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट नतिजा आएको हो। वेष्ट ह्यामले चाल्र्टनलाई ३(० ले हरायो। एस्टन भिल्लाले बुर्टोनलाई ३–१ ले पराजित  ग¥यो ।

प्रकाशित: ३१ भाद्र २०७७, बुधबार ०४:२७
Comments
Loading...