No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आफू अनुकुल वोलिदिए राम्रो,प्रतिकुल वोलिदिए नराम्रो? यस्तो सोच त्यागनु पर्छ

  • 47
  •  
  •  
  •  
  •  
    47
    Shares
जनकराज पाठक ।
अधिनायकवादी चिन्तन वोकेको नेकपा को सरकार,गलत कृयाकलाप को समेत आवाज नउठाउने भलादमि प्रतिपक्ष नेपाली कांग्रेस,जनताको जनजिविकाको सवाल मा वोल्दै नवोल्ने मधेसवादी दल ले मुलुक लाइ निकास दिन नसक्ने प्रष्ट छ।
यहि परिवेषमा हाम्रो जिवन दर्शन र प्रविधि विच समन्वय गरेर अगाडि जान सक्ने दल आजको आवस्यकता हो।गरिवि वाट मुलुक लाइ मुक्ति दिलाउन,भ्रष्टाचार विरुद्धको संघर्ष तथा नया समाज र समृद्ध नेपाल को चिन्तन वोकेको,जनता लाइ कानुनि मात्र नभइ अवसरको समेत समानता दिइने,मेरो राज्य छ भन्ने अनुभुति गराउने माहान चिन्तन र सोच वोकेको राप्रपा अवको विकल्प वन्न सक्छ।नेपाली राजनीतिमा देखियको खाडल यसले पुर्ति गर्न सक्छ तर किन राप्रपा भित्र विग्रह मात्र जन्मन्छ?
यो गम्भीर परिस्थिति को विष्लेषण गर्दै केहि समय अगाडि निकै छलफल,मेहनत र कसरत पछि राणा/लोहनी नेतृत्व को राप्रपा(संयुक्त)र कमल थापा नेतृत्वको राप्रपा विच १० वुदे एकिकरण को आधार पत्र मर्फत दुइ दल एकिकरण भयको हो।
सवै धर्मको विच समानता र पुर्ण धार्मिक स्वतन्त्रता सहित सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र र सवै पक्ष लाइ चित्त वुझने साझा संस्थाको रुपमा राजसंस्था सहित को प्रजातन्त्र यसको मुल उदेश्य हो।
यो मुल उदेश्य मा तिनै अध्यक्ष प्रतिवद्द छन,यसमा कसैले कसैलाइ संका गरे गन्तव्यमा पुग्न सकिदैन।कठोर यात्रा तय गरेको राप्रपा किन सानो,सानो विषयमा अल्झिरहन्छ र संका उपसंका मा अलमलिरहन्छ।यहा दुइ दल विच भयको एकिकरण को यथार्थता लाइ किन स्विकार्न सकियको छैन?
हिन्दुधर्म को आधार ग्रन्थ पवित्र गीता समायर हजारौं कार्यकर्ता विच लियको सपथलाइ मध्यनजर गर्दै दुइ दल विच भयको एकिकरण पछि वनेको प्रस्तावित राप्रपा लाइ निर्वाचन अायोगमा दर्ता गरि औपचारिक मान्यता लिन गीता समाउने हरु किन ढिलाइ गरिरहेका छन अाश्चर्य छ।
नेपाली राजनीति का हस्तिहरु पशुपतिशमशेर जवरा,डा.प्रकाशचन्द्र लोहनी,कमल थापा लाइ ज्ञान नभयको पक्कै हैन कि एकिकरण पश्चात् नया दर्ता नगरि औपचारिक मान्यता पाइदैन।गैरराजनीतिक व्यक्ति ले पनि भन्छ कि राजनीतिक दललाइ औपचारिक मान्यता दिने संस्था निर्वाचन आयोग हो उसले प्रमाणिकरण नगरि मान्यता पाइदैन।यस्ता विषय मुद्दा वनेको देख्दा देसभरिका कार्यकर्ता आश्चर मा छन।
राप्रपामा अाफुलाइ सर्वश्रेष्ठ घोषणा गरेका तिन अध्यक्ष ले यो विषय लाइ सल्टाउनै पर्छ।यहावाट भाग्नु कस‌को हितमा छैन।
तथ्य लाइ तर्क ले ढाक्न र छोप्न सकिदैन,केहि समाजिक संजाल मा आयका र केहि औपचारिक रुपमै वाहिर आयका पार्टी एकिकरण र हालसम्म का तथ्य हरुलाइ हेरौ।लिखित भयका विषय तथ्य र प्रमाण हो तथ्य र प्रमाण मान्दिन भन्नु पाखण्ड हो।
*२०७७ फागुन २४ गते एकिकरणको आधारपत्रमा हस्ताक्षर पश्चात एकिकरण को औपचारिक घोषणा।
*७७ चैत १० गते तिनै अध्यक्ष द्वारा हस्ताक्षरित पत्र मार्फत दुई पार्टी एकिकरण भयको जानकारि निर्वाचन आयोगमा पेश।
*अषाड ११गते तिन अध्यक्ष को वैठकले पार्टी एकिकरणको लागि चाहिने सवै कागजपत्र सहित अविलम्ब निर्वाचन आयोग मा पठाउने निर्णय।
*आषाड २४ गते राप्रपा को प्रस्तावित ३२७ जना केन्द्रीय सदस्य को संख्यालाइ आधारमानि तत्काल दल दर्ता प्रक्रिया अगाडि वढाउने तिन अध्यक्ष को निर्णय।साथै तिन अध्यक्ष ले गरेको निर्णय लाइ कार्यान्वयन गर्ने जिम्मा डा.लोहनी लाइ प्रदान।
यहि निर्णय अनुरुप पार्टीका केस एवं अधिवक्ता राजु वस्नेत द्वारा आवस्यक सवै कागजपत्र संकलित फायल तयारि र श्रावण ८ गते वुधवार दिनको १ वजे निर्वाचन आयोगमा दर्ताको निमित्त जाने अध्यक्ष कमल थापा र डा.लोहनी द्वारा समाजिक संजाल मार्फत जानकारी ।
तर एकाएक उक्त दर्ता कार्य आवस्यक तयारि पुरा नभयको भन्दै अध्यक्ष कमल थापा द्वारा स्थगन।
* साउन १८/०७७ मा पार्टी एकिकरणको आधारपत्र वमोजिम पार्टी दर्ताको निमित्त आवस्यक कागजपत्र पेश गर्न प्रस्तावित राप्रपा को नाममा निर्वाचन आयोग द्वारा पत्राचार:- यहि मुख्य विषय अनुरुप आवस्यक कागजपत्र पेस नगर्दा आजसम्म विधिवत रुपमा राप्रपा ले अौपचारिक मान्यता नपायको तथ्य सवैले वुझ्नु जरुरि छ।
पार्टी एकिकरण सम्वन्धि निर्वाचन आयोगको नियम,कानुन वमोजिम दल दर्ता नगरि आयोग ले मान्यता दिदैन,आयोग ले मान्यता नदिय सम्म प्रस्तावित भइन्छ।
निर्वाचन आयोग ले तपसिल वमोजिमका कागजपत्र लियर दल दर्ता को लागि आउनु भनेर पत्राचार गरिसकेपछि कहिले कहा र कहिले काहा वसेर नानाथरिका ड्राफ्ट वन्यो, यो भयो यो भयन भन्नु को कुनै तुक छैन।आयोग को पत्र स्पष्ट वुझिने गरि नेपाली भाषामा लेखियको छ।त्यसलाइ पछ्छाउनु को साटो अनावश्यक समयको वर्वाद गरेर दल दर्ता प्रक्रिया लाइ अवरुद्ध गरिरहेका नेतृत्व माथि कार्यकर्ता औला उठाउने समय आयको छ।
कानुनि राज्यको वकालत गर्ने राप्रपा ले संवैधानिक आयोगको पत्रलाइ वेवास्था गर्न मिल्छ? तेरो,मेरो,यहा,उहा हैन अव आयोगले कसरि दल लाइ मान्यता दिन्छ त्यता लागौ।
हामि राप्रपा मा जवानि गुमायका कार्यकर्ता वैधानिक दल को सदस्य वन्न चाहान्छौ,आदरणिय अध्यक्ष ज्यु।
अव कार्यकर्ताको आवज सुन्ने नेतृत्व को पालि।तपाईं हरुका कृयाकलापले वाक्क कार्यकर्ता को आलोचना सहनु पर्छ तपाईंहरु ले।
आफ्नो अनुकुल वोलिदिय राम्रो प्रतिकुल वोलिदिय नराम्रो हुने चिन्तन त्यागनुहोस।
अगि सामान्ति युगमा समेत जमिन्दार हरु अालोचना मजाले सुन्थे र पचाउथे आज २१औ सदाप्तिको यो वैज्ञानिक युगमा आलोचना सुन्न,सहन र ध‌ैर्यता गर्न नसक्ने नेतृत्व लाइ अव कार्यकर्ता ले स्विकार गर्दैनन।
जय राष्ट्रवाद!!
प्रकाशित: ३१ भाद्र २०७७, बुधबार ०४:५३
Comments
Loading...