No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अधिकांश सिमेन्ट र छडहरू गुणस्तरहीन रहेछन्

  • 24
  •  
  •  
  •  
  •  
    24
    Shares
अमृत खरेल।
सिमेन्ट र छडका आधा घन्टा विज्ञापनहरू बीचमा टेलिभिजनका समाचार केही मिनेट आउने गर्थे।
देशका मेरुदण्ड र हामी बनाउँछौ नेपाल भन्ने अधिकांश सिमेन्ट र छडहरू गुणस्तरहीन रहेछन्।
जगदम्बा ब्राण्ड रहेको शंकर ग्रुप भन्नेले त कवाडीबाट उठाएको छडलाई लगेर गालेर नयाँ छड तयार पार्ने भएर डक्टाइटल अर्थात् लचकता भन्ने चीजरहित पिटीपिटी भाँचिने फलाम बेच्ने रहेछ। यो कम्पनीले सिमेन्ट पनि माटो सरहको बेच्ने रहेछ।
यस्तै गोयन्का, अग्नि, सर्वोत्तम, रिलायन्स सुपरटेक सिमेन्ट, कमला रोलिङ्सको टिएमटि छड पनि गुणस्तरहिन रहेछन्।
अहिले गुणस्तर तथा नापतौल विभागले यी वस्तु वितरण रोक लगाएको छ। जस जसले यी उत्पादन प्रयोग गरेर घर बनाउनुभएको हो उहाँहरूको ती घरमा बस्दा जीवन समेत असुरक्षित भयो है।
तपाईँहरूको जीवनभरिको कमाइ स्वाहा पार्ने यी कम्पनीहरूबाट क्षतिपूर्ति भराउन चाहिँ सकिन्छ।
त्यसका लागि आवश्यक कानूनी उपचार चाहिँ समयमै खोज्ने तपाईँकै जिम्मेवारी हो। समयमा उपचार नखोज्नेलाई चाहिँ कानूनले पनि उपचार दिँदैन। सार्वजनिक हितमा जारी।
अमृत खरेल।
प्रकाशित: ३१ भाद्र २०७७, बुधबार ०५:०९
Comments
Loading...