No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ्गलाई नियुक्त गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङ्गलाई नियुक्त गर्नुपर्ने मागसहित काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले पानीको फोहोरा हानेर तितरवितर पारेको छ ।

आफ्नो कार्यकाल पूरा गरी प्राधिकरणबाट बिदा भएका कुलमानलाई सरकारले पुनः नियुक्त नगरेपछि उनका समर्थकहरु प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनका लागि पुगेका कुलमान समर्थकहरुलाई प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघरमा कुनै पनि प्रकार प्रदर्शन गर्न नदिन आदेश नै जारी गरेको छ । कुलमान घिसिङ्ग भदौ २८ गते चार वर्षे कार्यकाल पूरा गरी प्राधिकरणबाट बिदा भएका थिए ।

प्रकाशित: ३१ भाद्र २०७७, बुधबार ०८:३६
Comments
Loading...