No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राप्रपा अध्यक्ष त्रय राणा, थापा र लाेहनी वीचकाे पार्टी एकता टुंग्याउने वार्ता सकारात्मक

  • 73
  •  
  •  
  •  
  •  
    73
    Shares
काठमाडौं, ३१ भदौ । राप्रपाका अध्यक्षत्रय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी र कमल थापा बीच आज छलफल भएको छ । पछिल्लो समय अध्यक्षहरुले पार्टीभित्रको विवाद र बहसको बारेमा छताछुल्ल हुनेगरि आफ्नो विचार राखेपछि पार्टी एकतामा नै आशंका जन्मिएको थियो ।
यही अवस्थामा अध्यक्षत्रयबीच आज वैठक भएको हो । आजको बैठक अत्यन्तै सौहार्दपूर्ण रुपमा सम्पन्न भएको र बैठकले सहमति र समझदारीबाटै सबै समस्याको समाधान गर्ने सहमति गरेको छ । पार्टी एकतालाई अक्षुण राख्नेपनि तीनै जना अध्यक्षले प्रतिबद्धता गरेको अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत जनाएका छन भने अध्यक्ष लोहनीले एकता लाइ चाडो भन्दा चाडो तार्किक निश्कर्षमा पुराउने सामाजिक संजाल मार्फत वतायका छन।

राप्रपाका अध्यक्ष त्रय वीच पार्टी एकता यता न उता भैरहेकाे र निर्वाचन अायाेगमा दल दर्ता हुन नसकीरहेकाे बेला अाज विशेष भेटवार्ता भएकाे हाे । मुलतः दुइ अध्यक्ष डा. प्रकाशचन्द्र लाेहनी र कमल थापा वीच टेलिभिजन अन्तरवार्ताका बेला व्यक्त विचारकाे कारण सामाजिक संजालमा कटाक्ष चलिरहेका बेला अध्यक्ष त्रय वीच अाज विशेष वार्ता भएकाे हाे । यस विषयमा साे दलका नेता जनकराज पाठकले सचित्र बयान गर्दै फेसवुकमा लेख्नु भएकाे छः

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष त्रय पशुपतिशमशेर जवरा,डा.प्रकाशचन्द्र लोहनी,कमल थापा विच पार्टी लाइ एकतावद्द ढंगले अगाडि वढाउने विषयमा अाज गम्भीर छलफल भयको छ।छलफल सकारात्मक उन्मुख छ।देखियका मतभेत लाइ समाधान गर्दै राप्रपा लाइ मुलुकको अग्रणी शक्तिको रुपमा स्थापित गर्न अध्यक्ष त्रय प्रतिवद्द हुनुहुन्छ।
# वैठक अध्यक्ष पशुपतिशमशेर राणा निवास माहाराजगंज।।
प्रकाशित: ३१ भाद्र २०७७, बुधबार १३:०८
Comments
Loading...