No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

वामदेव आतंक

  • 3
  •  
  •  
  •  
  •  
    3
    Shares

ऋषि कट्टेल ।
सरकारी पार्टीले उसको संसदको खाली ठाउमा को मान्छे नियुक्त गर्दछ त्यो पार्टी भन्दा वाहिर का मानिसलाई खासै चासो नहुनु पर्ने विषय हो । हामीलाई वामदेव रामदेव कामदेव जोसुकै नियुक्ति गरे पनि चासो को विषयरहेन । चुनाव हारेकाको नियुक्ति नेपालमा कुनै नोलो कुरापनि हैन । २०१५ सालमा चुनाव हारेका कृष्णप्रसाद भटराई,जसलाई एकथरि मानिसहरु निकै नैतिकवान ठान्छन क्यारे , मनोनित भएर सभामुख भएकै हुन ।

त्यस्तै सुयर्य प्रसाद उपाध्याय गृहमन्त्री हो कयारे भएकै हुन ।पंचायतकालको गणना नगर्दा पनि हार्नेहरु धेरै मनोनित भएकाछन ।पछिल्लो उदाहरण सरकारी पार्टीका नेता माधव कुमार नै छन जो दुई ठाउमा चुनावहारेर पनि प्रधानमन्त्री नै भए । नारायणकाजीहरु जस्ता त कति भएका छन कति । अरु कसैको वारेमा कोलाहल नहुने तर वामदेव भन्ने वित्तिकै कोलाहाल हुने किन ? यो प्रश्नले मेरो मनमा पनि प्रश्न उठाएकोले चासो नरहदा नरहदै पनि टिप्पणी गर्न मन लाग्यो ।

किनकी वामदेव आतंको कोलाहल अहिलेमात्र हैन विगत एक डेड वर्ष देखि निरनतर चलिरहेछ । यो कोलाहलको पछाडी वामदेव शक्तिमा आएपछी उनले गरेका कामनै होलान जसले वामदेव आतंक सिर्जना गरायो । यो आतंक र कोलाहालका निम्नकारण होलान भन्ने लाग्छ ।

१. माहाकाली सन्धी विरुद्ध उनले चालेका कदम

२.२०५४को स्थानीय चुनाव कब्जा गर्न खेलेको भुमिका

३. माओवादीलाई दमन गर्न ल्याएका आतंकवाद विरोधी काुन

४. मधेस आन्दोलनको निर्ममता पुर्वक गरिएको दमन

५. तस्कर माफियाहरुको आन्तरिक शक्ति संघर्ष र

६. पार्टी भित्र प्रधानमन्त्री ओली स्वयं र खास गरी इश्वर पोखे्रलहरुको राजनीतिक नेतृत्व माथिको चुनौति । कारणहरु जेसुकै भएपनि वामदेव वर्तमान सत्ताभित्र एक आतंकित पात्ररहेछन भन्ने कुरा अहिलेको कोलाहल पुष्टि गर्दछ ।

प्रकाशित: ३१ भाद्र २०७७, बुधबार १३:५९
Comments
Loading...