No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पूर्ण क्षमतामा यात्रु राखेर उडान गर्न पाउनुपर्ने निजी वायु सेवा संचालकहरुको माग

  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

काठमाडौँ । वायु सेवा संचालकहरुले सिटको आधा क्षमतामा उडान गर्न नसक्ने बताएका छन् । सरकारले आन्तरिक उडानमा सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राखेर उडान गर्नुपर्ने नियम बनाइदिएपछि त्यसमा आपत्ति जनाउँदै निजी वायुसेवाले तत्काल उडान सञ्चालन नगर्ने भएका छन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु राखेर असोज १ गते देखि आन्तरिक उडान सुचारु गर्ने निर्णय गरेको थियो । तर, संघमा आबद्ध निजी वायुसेवाहरुले यो व्यवस्थामा तत्काल उडान गर्न असमर्थ रहेको जानकारी गराउँदै बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र पर्यटन सचिव केदारबहादुर अधिकारी र नागरिक उड्डयन प्राधिकरणलाई नियमित उडान तत्काल नगर्ने पत्र पठाएका छन् ।

प्रकाशित: ३१ भाद्र २०७७, बुधबार १४:१२
Comments
Loading...