No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बाेकाले बाख्री पायोःश्रीकृष्ण सिम्खडाका तीन व्यंग्यवाण

  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares
लाजको आज ब्याज लाग्यो।
——====————-=====
तिम्ले हेर्दा लाज लाग्यो ।
लाजको आज ब्याज लाग्यो।
लाज लाइदिने तिमि को?
कहाँ बाट आयौ?किन आयौ?
गर्न खोजेको के तिमि ले ?
न पारि गाउँको,न वारिको।
न चिन जान नै भाको।
उमेर पनि धेरै फरक।
आकास जमिन नै फरक।
बाटो त बिल्कुलै अर्कै।
तिमि त्यो बाटो को।
म दोबाटो को।
तिम्रो बाउअड्डाको हाकिम।
मेरो बाउ गोरु जोत्ने हलि।
के भयो के भयो ?
तिमि ले हेर्दा लाज लाग्यो।
तिम्रो लगाइ खुवाइ फरक।
पुरानो लाउने मेरो फरक।
तिमि बैंक को मेनेजर।
म चिया पकाउने फरक।
तिमि गाडी मा हिंड्ने।
म पैदल मा फरक।
तिमि सधैं रिसाउने।
म खुसाउने मा फरक।
तिमि त्यत्तिकै झर्किने सधैं ।
म खुसि भै फर्किनेमा फरक।
तिमि ले हेर्दा लाज लाग्यो।
लाजको आज ब्याज लाग्यो।
२.

बैधानिक गुन्डा
——–=——-=
उ त्यो घर भित्र छ
महङ्गो घर भित्र छ
घर अगाडि चौर छ
चौर एक्दम ठुलो छ।
घर चडने खुटकिलो छ
घर अगाडि सडक छ
अल्लि पर उस्को बाउ छ
बाउ को भित्र घाउ छ
सासन उसैले चलाउछ
धेरै धेरै उ कमाउछ
अरब अरब समाउछ
सहरमा अरु के छ?
छ बैधानिक गुन्डा छ।
मालामाल भत्ता छ
उस्को बाउको सत्ता छ
कहिले एत्ता छ कहिले उत्ता छ
ठगेर लाएको जुत्ता छ
कालो चस्मा लाइदिन्छ
सन्साझ मै खाइदिन्छ
गेटमा अर्कैको पालो छ
पालोमा नि सालो छ
कालो होइन गोरो छ
अर्को गेट मा उसैको
झुक्किएको छोरो छ
सहर मा अरु के छ?
बैधानिक गुन्डा छ।
३.

बाेकाले बाख्री पायो
——=====—–===
जनता ले धोका पायो
जे मा नि कमिसन खायो
आज एउटा तोरि लाउरे आयो
पाच लाइन गित गायो
कालो चिया नि खायो
पन्च हाते खादा लायो
राम्रो उपहार पायो
खिस्स हासि रयो
एक्छिन त लाजै भयो
एउटा दाया बस्यो
अर्को अल्लि बायाँ बस्यो
पान दिन ढिला गर्यो
त्या नि छ्क्कै पर्यो
जबाना कस्तो आयो
बोका ले बाख्रो पायो
बाख्रो खैरो थियो
आखा गहिरो थियो
पेट कालो थियो
नजिकै बोकाको पनि
ढुटे पराले सालो थियो
कपाल पालेको थियो
दारि फालेको थियो
जुत्ता पढकाउदै आयो
आवाज कडकाउदै अयो
जबाना उल्टियो साथि हो
बोका ले बाख्री पायो
प्रकाशित: १ आश्विन २०७७, बिहीबार १२:११
Comments
Loading...