No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पूर्व श्री ५ द्वारा सर्वोच्चका पूर्व प्रधानन्यायाधीश सिंहको निधनप्रति समवेदना व्यक्त

  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

काठमाडौँ– पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र  शाहले सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश अनिरुद्ध प्रसाद सिंहको निधनप्रति दुःख व्यक्त गर्नु भएकाे छ । पूर्वराजा शाहले बिहीबार समवेदना सन्देश जारी गर्दै दिवंगत सिंहको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गर्नु भएकाे हाे । सिंहको १०४ वर्षको उमेर मंगलबार बेलुका आफ्नै निवासमा निधन थियो। उनी निमोनियाका बिरामी थिए।

पूर्व राजा शाहका सम्वाद सचिव डा. फणिराज पाठकले जारी गर्नु भएकाे समवेदना सन्देशमा भनिएकाे छः समवेदना सन्देश

पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट सर्बोच्च अदालतका भूतपूर्व प्रधान न्यायधिश अनिरूद्ध प्रसाद सिंहको निधनमा दुख: ब्यक्त गरिबक्सेको छ ।

मौसूफबाट स्वर्गिय सिंहको आत्माको चीर शान्तिको कामना गरिबक्सदै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरिवक्सेको छ ।
मिति २०७७ आश्विन १ गते
यसैवीच,सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनको शोकमा बिहीबार एक दिन देशभरका अदालतमा बिदा गरेको थियाे।सर्वोच्च अदालतको बुधबार बसेको आकश्मिक पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरे अनुसार बिहीबार सबै अदालतमा काम राेकिएकाे थियाे । सिंहको निधनबाट राष्ट्रले एउटा सच्चा राष्ट्रप्रेमी र न्यायीक व्यक्तित्व गुमाएको उल्लेख गर्दै उनको आत्माको चीर शान्तिको कामनासहित शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सप्तरी जिल्लामा १९७६ सालमा जन्मनुभएका सिंह २०१३ साल जेठ ८ गते प्रधानन्यायाधीश नियुक्त भई २०१६ असार १५ गतेसम्म काम गरेका थियो । वि.सं २००३ सालदेखि सरकारी सेवामा वडाहाकिमको पदबाट सिंहले सेवा प्रारम्भ सुरु गर्नु भएकाे थियाे ।

प्रकाशित: २ आश्विन २०७७, शुक्रबार ०१:५१
Comments
Loading...