No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

वधाइ तथा शुभकामना दिने सबै शुभेच्छुकप्रति वामदेव गाैतमद्वारा धन्यवाद ज्ञापन

  • 1.6K
  •  
  •  
  •  
  •  
    1.6K
    Shares
नेकपाका उपाध्यक्ष वामदेव गाैतमले राष्ट्रिय सभा सदस्यमा मनाेनयन भएपछि सबैलाइ धन्यवाद दिनु भएकाे छ। अाफूलाइ प्राप्त नयाँ जिम्मेवारीबारे  वधाइ र शुभकामना दिने सबै शुभचिन्तक, शुभेच्छुक सम्पूर्ण महानुभावहरुप्रति नेता गाैतमले हार्दिक कृतज्ञता व्यक्त गर्नु भएकाे उहाँकाे सचिवालयबाट अाज जारी विज्ञप्तीमा जनाइएकाे छ । उपाध्यक्ष गाैतमकाे सचिवालयबाट दिपक टमाटाले जारी गर्नु भएकाे धन्यवाद विज्ञप्तीमा थप भनिएकाे कुरा जस्ताकाे त्यस्तैः
माननीय बामदेव गौतमको सचिवालयको प्रेस विज्ञप्ति::
माननीय बामदेव गौतमलाई संघीय संसदको राष्ट्रिय सभा सदस्य मनोनयन हुनुभएकोमा बधाई तथा शुभकामना दिनुहुनेहरु आदरणीय शुभचिन्तक, शुभेच्छुक सम्पूर्ण महानुभावहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौ ।
यहाँहरुले सामाजिक सन्जाल मार्फत दिनुभएको बधाई शुभकामनाका लागि सचिवालय हार्दिक आभार व्यक्त गर्दछ । हाल कोभिड १९ को संक्रमणलाई ध्यान राख्दै उहाँको सचिवालयमा प्रत्यक्ष भेटघाटको कार्यक्रम नभएको व्यहोरा जानकारी गराउदछु । माननीय बामदेव गौतमसँग प्रत्यक्ष भेटघाट सम्बन्धी थप जानकारी पछि सार्वजनिक गरिने छ ।
धन्यवाद ll
दिपक टमटा
स्वकीय सचिव
असोज २ २०७७

प्रकाशित: २ आश्विन २०७७, शुक्रबार ११:४४
Comments
Loading...