No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आज मलाई फेरि कसैले खोजिरहेछ

  • 37
  •  
  •  
  •  
  •  
    37
    Shares
मणीराज सत्याल ।
जादा जाँदै,
आज मलाई फेरि कसैले खोजिरहेछ,
दलको झन्डा बोकीबोकी ,
थाकिसकेको बुझिसकेछ !
चन्द्र र सुर्यको झन्डा पुर्याउन,
मेरै दैलोमा आइसकेछ !
आज मलाई फेरि कसैले खोजिरहेछ ,
टायर पुत्ला बाल्दाबाल्दै ,
कालै भैसकेको निहालीसकेछ !
संस्कृत पाठशाला खोल्न भन्दै,
सल्लाह गर्न मेरै दैलो ढुकिसकेछ !
आज मलाई फेरि कसैले खोजिरहेछ ,
लेनिन स्टालिन पढ्दापढ्दै ,
निदाइरहेको चिहाइसकेछ !
पृथ्वीनारायणको जिबनी बोकि,
मेरै कोठामा छिरिसकेछ !
आज मलाई फेरि कसैले खोजिरहेछ !
नयाँ नेपाल बनाउनेलाइ बोक्दाबोक्दै ,
चप्पल चुंडेको देखिसकेछ !
टोपी सहितको मयलपोस थमाइ,
आफुसंगै अगाडी बढाइसकेछ !
जय मुलुक ,जय राज मुकुट !जय पशुपति नाथ !
प्रकाशित: २ आश्विन २०७७, शुक्रबार १३:५९
Comments
Loading...