No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

डा. केसीसँग इमान्दार वार्ता गर्न सरकारलाई कांग्रेसको आग्रह

  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं । नेपाली कांग्रेसले जुम्लामा अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारलाई आग्रह गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गरी केसी जुम्लामा अनसनमा बसेको एक साता पुग्न लाग्दा पनि सरकारले संवादको कुनै पहल नगरेको भन्दै आपत्ति जनाएका छन् । प्रवक्ता शर्माले डा. केसीका जायज मागहरु पूरा गर्ने दिशामा तत्काल प्रक्रिया आरम्भ गर्न संघीय सरकार र कर्णालीको प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

 

प्रकाशित: ३ आश्विन २०७७, शनिबार ०९:१०
Comments
Loading...