No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कालो संविधान- २०७२ खारेजीको माग गर्दै केदार मान भण्डारीकाे नेतृत्वमा संयुक्त बृहत धार्मिक सचिवालय गठन

  • 137
  •  
  •  
  •  
  •  
    137
    Shares
आज २०७७ आश्वन ३ गते शनिबार पाशुपत क्षेत्र , मृगस्थली स्थित गोरक्षनाथ आश्रममा विभिन्न धार्मिक , सामाजिक संघ संस्थाहरु को विशेष बृहत छलफल तथा भेलाको आयोजना गरिएको छ । बृहत छलफल पछि उक्त भेलाबाट सर्बसम्मतले निम्न निर्णयहरु गरिएको छ ।
१) धर्म निरपेक्षता रहेको नेपालीको संबिधान खारेजी गराउनु पर्ने र सम्पुर्ण धार्मिक संघ संस्थाहरुले आजको दिनलाई ” कालो दिबस ” को रुपमा मनाउने निर्णय गरिएको छ । यस कालो संविधान- २०७२ को खारेजी को माग गर्ने सर्ब सम्मती बाट निर्णय गरियो ।
२) सरकारले कोरोना महामारी को रुपमा महाआतङ्क फैलाइ राष्ट्रदेव भगवान श्री पशुपतिनाथ सहित देशभरका मठ, मन्दिर र चैत्य , स्तुपाहरु बन्द गरेर हाम्रा प्राचीन बस्ती ,सभ्यता, सस्कृती , परम्परा , जात्रा-पर्ब , सम्पदा र सनातन हिन्दुधर्म प्रतिको नागरिक आस्था माथी कुठाराघात गर्ने र प्रहरी दमन तथा हस्तक्षेपपुर्ण कार्यहरु गर्ने र गराउने गरिरहेको तुरुन्त बन्द गरोस । तथा देश भरका मठ मन्दिर ब्यबस्थित गरि सर्बसाधारण को लागी तुरुन्त खोलियोस भन्ने माग सहित सरकार समक्ष सामुहिक ” स्मरण पत्र ” बुझाउने निर्णय गरिएको छ ।
३) सबै धार्मिक सामाजिक संघ संस्थाहरु एक्यवद्धता गर्ने र राष्ट्रदेव भगवान श्री पशुपतिनाथ को संरक्षक तथा संयोजकत्वमा श्री पशुपतिनाथ मन्दिर भण्डारी समाज का अध्यक्ष श्री केदार मान भण्डारी महासचिव रहने र अरु सबै धार्मिक र सामाजिक संस्था का प्रतिनिधि मुख्य सदस्य रहने गरि संयुक्त बृहत धार्मिक सचिवालय खडा गर्ने निर्णय गरिएको छ । यस समितिले सनातन हिन्दु धर्म र सस्कृती को जनजागरण गराउने र सबै धार्मिक समाजलाई एक्यवद्धता गरि राष्ट्रिय कल्याणकारी कार्य गर्ने र सरकारले धर्म, सस्कृती, जात्रा- पर्ब , परम्परा र सम्पदा प्रती गरिरहेको हस्तक्षेप विरुद्धमा संघर्ष गर्ने तथा सनातन हिन्दु धर्म को संरक्षण, सम्बर्द्धन र रक्षा को लागी कार्यनिती तयार गर्ने निर्णय गरिएको छ । सबैले यस पबित्र कार्यमा साथ र सहयोग गर्न पनि अनुरोध गरिएको छ ।
जय श्री पशुपतिनाथ ।।।
प्रकाशित: ३ आश्विन २०७७, शनिबार १६:४१
Comments
Loading...