No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ज्ञवाली र सिपीसीका विदेश विभाग उपमन्त्रीबीच बेइजिङमा भेटवार्ता

0

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभागकी उपमन्त्री सुन हाइयानबीच सोमबार बेइजिङमा भेटवार्ता भएको छ ।

भेटका अवसरमा दुई पार्टीबीच रहँदै आएको मैत्रीपूर्ण, हार्दिक र लामो सम्बन्धका विविध पाटोका बारेमा कुराकानी भएको थियो । साथै, नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री भएको बेला दुई देशबीच अत्यन्त महत्वपूर्ण सम्झौताहरू भएको स्मरण गर्दै तिनको सफल कार्यान्वयन हुने विश्वास उपमन्त्री सुनले व्यक्त गरिन् भने तत्कालीन परराष्ट्रमन्त्री ज्ञवालीले त्यही बेलामा नेपाल–चीनबीचको सम्बन्ध रणनीतिक साझेदारीमा स्तरोनन्त भएको उल्लेख गर्दै विगतका सबै सहमति/सम्झौता कार्यान्वयन गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका थिए ।

भेटमा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजालका साथै चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीहरूको सहभागिता थियो ।

 

प्रकाशित: ११ मंसिर २०८०, सोमबार १२:५३

Leave a Reply