No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

११ दलीय कार्यगत एकताकोे चेतावनी:सरकार को औचित्यता समाप्त हुँदै

  • 103
  •  
  •  
  •  
  •  
    103
    Shares
यहि आश्विन ७ गते निम्न अनुसारका संगठनहरुको प्रनिनिधिहरुको उपस्थिति मा बसेको ११ दलीय कार्य गत एकताको बैठकले गरे का महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारि गरिएको छ ।
उपस्थिति ः पार्टी र नाम: एजेन्डाहरु:
(१.)कोभिड १९को सम्वन्धमा :– १.१ यहि विद्यमान संविधानको समेत धज्जी उडाउँदै यो विश्वव्यापी कोरोना महामारीको उपचारबाट पन्छिने र विरामीले आफ्नो उपचारको जिम्मेवारी आफैंले लिनुपर्ने जस्ता सरकारले गरेको गैर जिम्मेवारीपूर्ण र आततायी निर्णय अविलम्ब फिर्ता गरी निःशुल्क उपचारको व्यवस्था गर्न,
1.2. पी सी आर परीक्षण अहिलेको भन्दा तीन गुना बढाउन,
1.3. कोरोना भाइरसको आसंंका देखाई अन्य विरामीको उपचार नगर्ने अस्पताल माथि कडा कारवाही गर्दै सबै किसिमका विरामीहरुको उपचार गर्न
1.4. कोभिड–१९ को खर्चको विवरण तुरुन्त सार्वजनिक गर्न
1.5. कारागारमा रहेका राजनीतिक तथा अन्य बन्दीहरुको कोरोना भाइरस लगायत सबै रोगको उपचारको अविलम्ब व्यवस्था गर्न
1.6. उपचार सामग्री र औषधी खरिदमा भएको भ्रष्टाचारको छानविन गरी भ्रष्टाचारी माथि कारवाही गर्न,सरकार सँग जोडदार मागगर्ने निर्णय गरिएको छ। साथै भोकभोकै परेका विपन्न वर्गका जनता प्रति सरकारले कुनै जिम्मेवारी नलिइराखेको अवस्थामा खानपिन गराउने सबै स्वयमसेवी संस्थाहरु र जनसेवी व्यक्तिहरुलाई बैठकले धन्यवाद ज्ञापन गरेको छ ।
(२) अन्य विषयहरु ः 2.1. सम्पूर्ण बेरोजगारलाई बेरोजगार भत्ता दिनुका साथै बेरोजगार ज्यालादारी मजदुर र विपन्न वर्गका जनतालाई कम्तिमा आगामी ६ महिनाको लागि रासनको एकमुुष्ठ व्यवस्था गर्न र महङ्गी नियन्त्रण गर्न बिशेश ध्यानाकर्षण गर्दछौ।
2.2. दीर्घकालिन रोजगारी को योजना बनाई त्यसलाई छिटै लागु गर्न,
2.3. धान बालीका लागि अविलम्ब मल उपलव्ध गराई , त्यसमा भएको ढिलाईका कारण उत्पादनमा आउन सक्ने १५ प्रतिशत ह्रासको क्षतिपूर्ति दिने व्यवस्था गर्न,
2.4. बाढी, पहिरो र डुबानमा परेका पीडितहरुको अविलम्ब बसोवास, खाद्यान्न, उपचार र क्षतिपूर्तिको व्यवस्था गरी उनीहरुलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था गर्न,
2.5. प्रहरीव्दारा हिरासतमा राखिएकाहरु माथि बर्बर यातना दिइएका र मृत्यवरण गर्नु परेका घटनाहरु सार्वजनिक भएका छन्, दोषीहरु माथि कडा कारवाही गर्न र यसलाई पूर्णरुपमा नियन्त्रण गर्न,
2.6. यो सरकारले भ्रष्टाचार, तस्करी, कमिशनखोरी आदिमा पहिलेका सबै रेकर्ड तोडेको छ यसलाई तुरुन्त नियन्त्रण गर्न जोडदार माग गर्ने , 2.7 डा गोविन्द केसिले कर्णालि क्षेत्रको स्वस्थ्य सुधार माग गर्दै र mbbs अध्ययनको माग तत्काल सम्बोधन गर्न ध्यानाकर्षण गर्दछौ
(3)एमसीसीका सम्वन्धमा: –
विगतमा हामीले समेत एम सी सीलाई संसदबाट पारित हुनबाट रोक्ने काममा महत्वपूर्ण भूमिका खेलेका थियौं । सत्ताधारी नेकपा भित्र “एकता” कायम गर्ने सन्दर्भमा एम् सीसी सम्वन्धमा अमुर्त ढङ्गले आन्तरिक सहमति कायम भएको छ, त्यसमाथि र अमेरिकी राजदूतले सार्वजनिक गरेको विषयमा समेत ध्यान दिँदा संसदको आगामी सत्रबाट यसलाई अनुमोदन गरिने खतरा बढेको छ । यसको परिमार्जन होइन खारेजीका लागि विविध प्रकारका संघर्षलाई अघि बढाउने तयारीमा सक्रियता साथ लाग्ने निर्णय भएको छ ।
(4). सिमासम्बन्धमा:
4.1. लिम्पियाधुरा–कालापानी–लिपुलेक सहितको नक्शा जारि गराउन सक्नु हामी सबैको सफलता हो । परन्तु, यो भूभागलाई हासिल गर्न र त्याहाबाट भारतीय सेना फिर्ता गराउन सरकारले कुनै भूमिका नखेल्नु, उक्त विवादित क्षेत्रमा भारत सरकारले बस्ती बसाउदा समेत बेवास्त गरेर बस्नु र शिक्षा मन्त्रालयबाट त्यहाको नक्शा सहित नेपालको विवरण छापिएको पुस्तकलाई प्रतिवन्ध लगाउनुले यो सरकारले यस विषयमा भारत सरकार सँग आत्मसमर्पर्ण गरिसकेको स्पष्ट देखिन्छ ।
अतः हाम्रो उक्त गुमेको भूभागमा रहेको भारतिय सेना हटाइ हासिल गर्न विविध प्रकारका संघर्षलाई अघि बढाउने तयारीमा लाग्ने निर्णय भएको छ ।
4.2 नेपाल र भारतका प्रबुद्ध ब्यक्ति समुह (Epg)ले तयार पारेका प्रतिबेदन भारत-नेपाल दुबै सरकारले बुझेक छैनन, नेपाल भारत सम्बन्ध बिकासमा महत्वपूर्ण भुमिका खेल्न सक्ने उक्त प्रतिबेदन बुझी सर्बजनिक गर्न सरकारसङ्ग जोड्दार माग गर्दछ।
4.3 भारतमा दिनानुदिन लाखौको संख्यामा कोरोनाको संक्रमण बृद्धी भै हज्जारौंको संख्यामा मृत्यु पनि भै रहेकोले नेपाल भारत सीमाना अत्यावश्यक नाका बाहेकका अन्यत्र पूरा बन्द हुने गरि सुरक्षा ब्यबस्था मिलाउन र सिमानालाइ ब्यबस्थापन,नियमन गर्दै तारबार लगाउने तर्फ उद्धत हुन आग्रह गर्दछौ। हामीले प्रस्तुत गरेका उपरोक्त विषयहरु सरकार आफैंले दैनिक गर्नु पर्ने पर्ने कामहरु हुन । फेरि पनि सरकार त्यो दिशामा काम गरि रहेको छैन। । अलोकप्रिय बन्दै गयकोले सरकारको औचित्यतामा नै प्रश्न चिन्ह खडा हुँदै गएको छ । त्यसैले गम्भीर हुँदै यी काम पूरा गर्न आव्हान गर्दछौ।
४. बैठकले मूलभुतरुपमा ११ दलीय कार्यगत एकता सँग समान विचार राख्ने निम्न अनुसारका संगठनहरुलाई यो एकतामा सामेल गर्ने निर्णय गरिएको छ ः
1)वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल,
2) कम्युनिष्ट पार्टी (बोल्शेविक)
3)राष्ट्रवादी केन्द्र, नेपाल
4) पुष्पलाल अध्ययन समाज र
5) एमसिसि खारेज अभियान रहेका छन ।
खुसीको कुरा हो यो अब या ११ दलीयबाट १6 दलीय कार्यगत एकता बनेको छ। हार्दिक अभिवादन सहित ११ दलीय कार्यगत एकताका तर्फबाट
…………………..
(सी पी गजुरेल)

२०७७ । ६ । ८:

प्रेस विज्ञप्ति

प्रकाशित: ८ आश्विन २०७७, बिहीबार १२:२९
Comments
Loading...