No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पेरिसमा एक शिक्षकको टाउको काटेर हत्या

  • 7
  •  
  •  
  •  
  •  
    7
    Shares

फ्रान्सको राजधानी पेरिसमा एक शिक्षकको टाउको काटेर हत्या गरिएको छ । शुक्रबार साँझ करिब पाँच बजेतिर एक व्यक्तिले चक्कुले शिक्षकलाई आक्रमण गर्दै शिर छेदन गरेको बीबीसीले जनाएको छ ।

प्रहरीले आक्रमणकारीलाई गिरफ्तार गर्न नसकेपछि गोली हानेको थियो । आक्रमणकारीको नाम सार्वजनिक गरिएको छैन । फ्रान्सको सरकार र संसदले यो आक्रमणलाई आतंकवादी आक्रमण भनेका छन् ।

ती शिक्षकले आफ्ना विद्यार्थीहरुलाई फ्रेन्च पत्रिका शार्लि एब्दोमा छापिएको पैगम्बर मोहम्मदको कार्टुन देखाएका थिए । त्यही कारण आक्रमण भएको बताइएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले घटनास्थलको भ्रमण गरेका थिए ।

प्रकाशित: १ कार्तिक २०७७, शनिबार ०२:४७
Comments
Loading...